एनटिए तेक्वान्दो लिगमा ७२ स्वर्णको प्रतिष्पर्धा हुने

काठमाडौं । पुम्से र ग्योरोगी विधा सम्मिलित एनटिए लिगको चौथो संस्करण आगामी बिहीवारदेखि ललितपुरमा आयोजना हुने भएको छ ।

नेपाल तेक्वान्दो संघ (एनटिए) को आयोजनामा आगामी भदौ १२ देखि १५ गतेसम्म पुम्से र ग्योरोगी विधा सम्मिलित एनटिएको चौथो संस्करण हुने भएको हो ।

आयोजक संघकाअनुसार यस वर्षको लिग ऐतिहासिक रूपमा सबैभन्दा ठूलो सहभागिता हुने प्रतियोगिता मानिएको छ ।

नेपाल खेलकुद पत्रकार मञ्चमा मंगलवार आयोजित पत्रकार सम्मेलनमार्पmत संघले प्रतियोगिताबारे जानकारी दिइएको हो । यस प्रतियोगिता चार दिनसम्म सातदोबाटोस्थित तेक्वान्दो संघको केन्द्रिय प्रशिक्षण हलमा हुनेछ ।

संघका उपाध्यक्ष एवं प्रतियोगिता आयोजना समितिका संयोजक भानबहादुर चन्दले यस किसिमका प्रतिस्पर्धाले जुनियर खेलाडी उत्पादनमा महत्वपूर्ण भुमिका खेल्ने विश्वास व्यक्त गरे । यस प्रतियोगितामा फाइटतर्पm चिल्डे«न (१२ वर्षमुनि), क्याडेट १४ वर्षमुनि, जुनियर (१४–१७ वर्ष) र सिनियरमा प्रतिस्पर्धा हुने भएको छ ।

जुनियर र सिनियरमा महिला र पुरुष दुवैमा समान ८ तौलसमूह र क्याडेटमा समान पाँच तौलसमूहमा प्रतिष्पर्धा हुनेछन् । पुम्समा ३८ र फाइटमा ३४ गरी कुल ७२ स्वर्ण पदकका लागि पाँच सय ४५ महिला तथा ९ सय ५० पुरुष गरी कुल एक हजार ४९५ जना खेलाडीले प्रतिष्पर्धा गर्नेछन् । यस प्रतियोगिता लिग चरणमा सञ्चालन गरिने आयोजकले जनाएको छ ।

नव उदीयमान र प्रतिभाशाली खेलाडी पहिचान गरी आगामी दिनमा अन्तर्राष्ट्रियस्तरमा प्रतिनिधित्व गर्दै देशका लागि उत्कृष्ट नतिजा हासिल गर्ने लक्ष्यसहित नियमित रूपमा यो प्रतियोगिता आयोजना गरिने संघले उल्लेख गरेको छ ।

मिसन–२६ अन्तर्गत प्रशिक्षण गरिरहेका राष्ट्रिय टोलीका खेलाडीले भने यस प्रतियोगितामा प्रतिष्पर्धा गर्न पाउने छैनन् ।

खेलाडीको वरीयताअनुसार खेलतालिका मिलाइने आयोजकले जनाएको छ । कुल ४० जना निर्णायकले यस प्रतियोगिता सञ्चालन गर्नेछन् । यस प्रतियोगिताले राष्ट्रिय टिमका लागि उत्कृष्ट खेलाडी छनोट गर्ने अवसर मिल्ने संघका उपाध्यक्ष चन्दले जानकारी दिए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

five × 1 =