चलचित्र माग्ने राजाको प्रिमियर सम्पन्नः सामाजिक सञ्जालभर चर्चा

काठमाडौं । चलचित्र माग्ने राजाको प्रिमियर सम्पन्न भएको छ ।

शुक्रवार काठमाडौंमा एक कार्यक्रमबीच प्रिमियर सम्पन्न भएको हो । यही भदौ ६ गतेबाट प्रदर्शनमा आउन लागेको चलचित्रको प्रिमियर शोपछि सिने पत्रकारहरुसँग कुरा गर्दै अभिनेता केदार घिमिरेले शुरुका दिनदेखि चलचित्रबारे प्रचार प्रसार र माया गर्नेहरुप्रति आभार व्यक्त गरे ।

अभिनेत्री वर्षा शिवाकोटीले सामाजिक सञ्जालभर माग्ने राजाको चर्चा रहेको भन्दै खुशी प्रकट गरिन् । सबैले राम्रो प्रतिक्रिया दिएको जानकारी दिइन् ।

चलचित्र ऋषि लामिछानेको निर्देशनमा बनेको हो । एक गाउँले साधारण युवाको धनी बन्ने सपनाको कथावस्तुमा चलचित्र बनेको छ । चलचित्रले मुलुकको सामाजिक, आर्थिक र राजनीतिक परिस्थितिको व्यंग्य गरेको छ ।

आरम्भ प्रोडक्सनको ब्यानरमा निर्माण भएको चलचित्रका प्रश्तुतकर्ता तथा निर्माता मुनाल घिमिरे हुन् ।

नरेन्द्र मैनालीले खिचेको चलचित्रमा अभिनेत्री वर्षा शिवाकोटी र अभिनेता आर्यन सिग्देलको पनि विशेष भुमिका छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

17 − 16 =