हेटौँडा–काठमाडौँ सडक पूर्ण रूपमा सञ्चालनमा

बागमती । हेटौँडा–काठमाडौँ जोड्ने हेटौँडा–भिमफेदी–सिस्नेरी–काठमाडौँ सडक आज बिहानबाट सञ्चालनमा आएको छ ।

सो सडक खण्ड अन्तर्गत मकवानपुरको इन्द्रसरोवर गाउँपालिका–३ ज्यामिरेमा खसेको सुख्खा पहिरो पन्छाएपछि आज बिहान ९ बजेदेखि सडक पूर्ण रूपमा सञ्चालनमा आएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रवक्ता प्रहरी नायब उपरीक्षक श्यामु अर्यालले जानकारी दिए । सडकमा माथिबाट पहिरो खस्दा गत शनिवार विहानदेखि सडक अवरुद्ध भएको थियो ।

अवरुद्ध सडकबाट पहिरो हटाउन पछिल्लो दुई दिनदेखिको निरन्तरको प्रयास पश्चात् सडक सञ्चालनमा आएको प्रहरी नायब उपरीक्षक अर्यालले बताए । सडक सञ्चालन भएसँगै हेटौँडा–काठमाडौँ आवतजावतमा सहजता भएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

3 × 2 =