बहुप्रतिक्षित ‘नाडा अटो शो-२०२५’ आजदेखि, मुख्य आकर्षण ‘उड्ने कार’

काठमाडौँ । सवारी साधनका पारखीहरूका लागि वर्षकै सबैभन्दा ठूलो जमघट मानिने ‘नाडा अटो शो-२०२५’ को पर्दा आजदेखि सुरु हुँदैछ । अटोमोबाइल्स एसोसिएसन अफ नेपाल (नाडा) को आयोजनामा काठमाडौंको भृकुटीमण्डपस्थित प्रदर्शनी स्थलमा सुरु हुने शो को उद्घाटन प्रधानमन्त्री केपी शर्मा ओलीले गर्ने कार्यक्रम छ ।

यो प्रदर्शनी यही भदौ ८ गतेसम्म चल्नेछ । अवलोकनकर्ताहरूका लागि शो हरेक दिन बिहान साढे १० बजेदेखि बेलुका ७ बजेसम्म खुला रहने आयोजकले जनाएको छ ।

यस पटकको अटो शोमा १२५ भन्दा बढी कम्पनी तथा संस्थाहरूको सहभागिता रहनेछ, जसले यसलाई हालसम्मकै वृहत् संस्करणमध्ये एक बनाएको छ । प्रदर्शनीमा ३० भन्दा बढी प्रतिष्ठित ब्रान्डका चारपाङ्ग्रे गाडी, मोटरसाइकल/स्कुटर, र लाइट कमर्सियल गाडीहरू मुख्य आकर्षणका रूपमा रहनेछन् । यसका साथै, बीमा कम्पनी, लुब्रिकेन्ट्स, टायर कम्पनी तथा अटोसँग सम्बन्धित विभिन्न उत्पादनहरूका लागि छुट्टाछुट्टै स्टल रहनेछन् ।

सबैको नजर ‘उड्ने कार’मा
यस वर्षको अटो शोको सबैभन्दा ठूलो र विशेष आकर्षणको रुपमा ‘उड्ने कार’ (फ्लाइङ कार) रहने नाडाले जनाएको छ । भविष्यको यातायातको साधनका रूपमा हेरिएको यो नौलो प्रविधिले अवलोकनकर्ताहरूको ध्यान खिच्ने र शो लाई थप अविस्मरणीय बनाउने अपेक्षा गरिएको छ ।

नाडा अटो शोलाई नेपाली अटोमोबाइल क्षेत्रको सबैभन्दा ठूलो उत्सवका रूपमा लिइन्छ।  यसले नयाँ प्रविधि, नयाँ सवारी साधन सार्वजनिक गर्ने र उपभोक्ताहरूलाई एकै छानामुनि विभिन्न ब्रान्डका उत्पादनहरू तुलना गरेर खरिद गर्ने सुनौलो अवसर प्रदान गर्दछ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

three × three =