एसिया कप खेल्ने पाकिस्तानी टोली घोषणा, बाबर र रिजवान टिमबाहिर

काठमाडौं । आगामी एसिया कप २०२५ का लागि पाकिस्तानले १७ सदस्यीय राष्ट्रिय टोलीको घोषणा गरेको छ । आइतबार सार्वजनिक गरिएको टोलीमा सलमान अली आघालाई कप्तानको जिम्मेवारी दिइएको छ ।

तर, चर्चित खेलाडी बाबर आजम र मोहम्मद रिजवान भने टिमबाहिर परेका छन् । पछिल्ला केही टी–२० शृङ्खलामा मौका नपाएका यी दुई खेलाडीलाई एसिया कपका लागि समेत टोलीमा समावेश गरिएको छैन ।

एसिया कपअघि पाकिस्तानी टोलीले शारजाह (यूएई) मा हुने त्रिकोणीय शृङ्खलामा पनि सहभागिता जनाउनेछ ।

उक्त शृङ्खलामा अफगानिस्तान र संयुक्त अरब इमिरेट्स (यूएई) का टिम पनि रहनेछन् । पाकिस्तान क्रिकेट बोर्ड (PCB) का अनुसार, यो शृङ्खला एसिया कपको तयारीको हिस्सा हुनेछ ।

घोषित पाकिस्तानी टोलीः

  • सलमान आघा (कप्तान)

  • अबरार अहमद

  • फहीम अस्रफ

  • फखर जमान

  • ह्यारिस रउफ

  • हसन अली

  • हसन नवाज

  • हुसैन तलत

  • खुर्शदिल शाह

  • मोहम्मद ह्यारिस (विकेटकिपर)

  • मोहम्मद नवाज

  • मोहम्मद वसीम

  • साहिबजादा फारहान

  • साइम अय्युब

  • सलमान मिर्जा

  • शाहिन शाह अफ्रिदी

  • सुफयान मोकीम

एसिया कप २०२५ यसै वर्षको अन्त्यतिर आयोजना हुने अपेक्षा गरिएको छ । पाकिस्तान टोलीमा युवा खेलाडीहरूको संयोजन रहेको छ भने अनुभवी खेलाडीको अभाव  देखिएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

thirteen − eight =