एसिया कप खेल्ने पाकिस्तानी टोली घोषणा, बाबर र रिजवान टिमबाहिर

काठमाडौं । आगामी एसिया कप २०२५ का लागि पाकिस्तानले १७ सदस्यीय राष्ट्रिय टोलीको घोषणा गरेको छ । आइतबार सार्वजनिक गरिएको टोलीमा सलमान अली आघालाई कप्तानको जिम्मेवारी दिइएको छ ।
तर, चर्चित खेलाडी बाबर आजम र मोहम्मद रिजवान भने टिमबाहिर परेका छन् । पछिल्ला केही टी–२० शृङ्खलामा मौका नपाएका यी दुई खेलाडीलाई एसिया कपका लागि समेत टोलीमा समावेश गरिएको छैन ।
एसिया कपअघि पाकिस्तानी टोलीले शारजाह (यूएई) मा हुने त्रिकोणीय शृङ्खलामा पनि सहभागिता जनाउनेछ ।
उक्त शृङ्खलामा अफगानिस्तान र संयुक्त अरब इमिरेट्स (यूएई) का टिम पनि रहनेछन् । पाकिस्तान क्रिकेट बोर्ड (PCB) का अनुसार, यो शृङ्खला एसिया कपको तयारीको हिस्सा हुनेछ ।
घोषित पाकिस्तानी टोलीः
सलमान आघा (कप्तान)
अबरार अहमद
फहीम अस्रफ
फखर जमान
ह्यारिस रउफ
हसन अली
हसन नवाज
हुसैन तलत
खुर्शदिल शाह
मोहम्मद ह्यारिस (विकेटकिपर)
मोहम्मद नवाज
मोहम्मद वसीम
साहिबजादा फारहान
साइम अय्युब
सलमान मिर्जा
शाहिन शाह अफ्रिदी
सुफयान मोकीम
एसिया कप २०२५ यसै वर्षको अन्त्यतिर आयोजना हुने अपेक्षा गरिएको छ । पाकिस्तान टोलीमा युवा खेलाडीहरूको संयोजन रहेको छ भने अनुभवी खेलाडीको अभाव देखिएको छ ।








