गाजामा नयाँ आक्रमणका लागि योजना स्वीकृत : इजरायली सेना

एजेन्सी । इजरायली सेनाले गाजा पट्टीमा नयाँ आक्रमणका लागि ‘योजना’ स्वीकृत गरेको बुधबार जनाएको छ ।

सेनाका प्रमुख लेफ्टिनेन्ट जनरल इयाल जमिरले गाजा पट्टीमा इजरायली सुरक्षा बल (आईडीएफ)को परिचालन योजनाको मुख्य ढाँचालाई अनुमोदन गरेको सेनाद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।

इजरायलीे सरकारले इजरायली सेना यस क्षेत्रको सबैभन्दा ठूलो शहरमा कहिले प्रवेश गर्नेछ भन्नेबारे विज्ञप्तिमा कुनै निश्चित समयतालिका उपलब्ध गराएको छैन ।

गाजाको नागरिक सुरक्षा निकायले हालैका दिनहरूमा गाजा शहरमा इजरायली हवाई आक्रमण तीव्र भएको र जेइटुन र साबरामा ‘नागरिकहरूको घर र अग्ला भवनहरूसहित आवासीय क्षेत्रहरूमा धेरै भारी हवाई आक्रमण’ भएको बताएको छ ।

हमासले इजिप्टका अधिकारीहरूसँग अस्थायी युद्धविरामका लागि ‘प्रारम्भिक वार्ता’ का लागि एक वरिष्ठ प्रतिनिधिमण्डल कायरो आइपुगेको बताएको केही घण्टापछि सेनाले उक्त योजनालाई अनुमोदन गरेको खबर आएको हो ।

नेतन्याहू सरकारले २२ महिनाभन्दा बढीको लडाईपछि गाजा युद्धलाई विस्तार गर्ने योजनाले अन्तर्राष्ट्रिय आक्रोशका साथै आन्तरिक विरोध पनि निम्त्याएको छ ।

संयुक्त राष्ट्रसङ्घ समर्थित विज्ञहरूले यस क्षेत्रमा खाद्यान्नको व्यापक अभाव सिर्जना भएको पनि बताएका छन्, जहाँ इजरायलले मानवीय सहायताको रकममा भारी कटौती गरेको छ ।

सन् २०२३ को अक्टोबरमा हमासले गरेको आक्रमणमा परी एक हजार २१९ जनाको मृत्यु भएपछि इजरायलले प्यलेष्टिनी क्षेत्रमा हमास र अन्य आतङ्कवादी समूहलाई लक्षित गरी आक्रमण गरेको हो ।

संयुक्त राष्ट्रसङ्घले भरपर्दो मानेको हमास शासित गाजाको स्वास्थ्य मन्त्रालयको तथ्याङ्कअनुसार इजरायलको आक्रमणमा कम्तीमा ६१ हजार ५९९ प्यालेस्टिनीको मृत्यु भएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

sixteen + 5 =