गायक खेम सेन्चुरीको स्वास्थ्यमा सुधार, पत्थरी देखियो

काठमाडौं । चर्चित लोकदोहोरी गायक खेम सेन्चुरीको स्वास्थ्यमा अचानक समस्या देखिएपछि अस्पताल भर्ना गरिएको छ । एक महिना लामो सांगीतिक यात्राका लागि क्यानडा प्रस्थान गर्ने तयारीमा रहेका बेला बिहीबार त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमै बिरामी परेपछि उनलाई अस्पताल भर्ना गरिएको हो ।

सेन्चुरी निकट शम्भु कुँवरका अनुसार, हाल उनको स्वास्थ्य अवस्थामा सुधार आएको छ । उनलाई विमानस्थलको यात्री प्रतीक्षालयमा रहेका बेला अचानक पेटमा असह्य पीडा भएपछि तत्काल सिनामंगलस्थित एक अस्पतालमा भर्ना गरिएको थियो । ‘उहाँको स्वास्थ्यमा सुधार आएको छ । परीक्षण गर्दा कोखामा पत्थरी देखिएको हो । शल्यक्रिया तत्काल नपर्ने भएपछि सम्भवतः आजै डिस्चार्ज हुनुहुनेछ,’ कुँवरले  भने ।

सुरुमा चिकित्सकहरूले शल्यक्रिया गर्नुपर्ने बताए पनि हाल औषधिबाटै निको हुने देखिएको छ । यो स्वास्थ्य समस्याका कारण उनको क्यानडासहित इजरायल र अस्ट्रेलियामा तय भएका सांगीतिक कार्यक्रमहरू पनि प्रभावित भएका छन् । उनको स्वास्थ्य अवस्था सामान्य भएपछि मात्र नयाँ मिति तय गरिने बताइएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

19 − twelve =