याडिया भेलाक्स सिरिज नाईमा अटो शोमा सार्वजनिक

काठमाडौँ । नेपालका लागि आधिकारिक वितरक कुजु नेपाल प्रा. लि. ले Yadea Velax Series नेपालमा औपचारिक रूपमा सार्वजनिक गरेको छ।
NAIMA नेपाल मोबिलिटी एक्स्पो २०२५ सँगै सार्वजनिक गरिएको यो नयाँ श्रृङ्खलाले प्रदर्शन, स्मार्ट फिचर र दैनिक जीवनको सहजतामा आधारित इलेक्ट्रिक मोबिलिटीमा नयाँ युगको सुरुवात गरेको कम्पनीले जनाएको छ।
तीन मोडेल, फरक पहिचान
Velax Series को हरेक मोडेल फरक आवश्यकतालाई सम्बोधन गर्दै बनाइएको छ — उच्च प्रदर्शन खोज्नेहरूदेखि लिएर दैनिक यात्रुहरूका लागि :
Velax U (Ultra Performance)
४.९ kW मोटर र ७४V २०Ah डुअल लिथियम–आयन ब्याट्रीको साथमा यो मोडेलले १४० किमी सम्मको रेञ्ज दिन्छ र ८० किमी/घण्टाको टप स्पिडमा दौडन्छ।
• Velax Fast Charging (२० मिनेटमै ८०% चार्ज)
३.२ kW मोटर र ७६V ३०Ah ब्याट्रीसहित, यो मोडेल २० मिनेटमै ८०% चार्ज हुन सक्छ र ११० किमी सम्मको दूरी तय गर्न सक्षम छ।
• Velax H (High Performance)
दैनिक प्रयोगका लागि डिजाइन गरिएको यो मोडेल ३.२ kW मोटर र ७२V ३०Ah ब्याट्रीसहित १०० किमी सम्मको रेञ्ज प्रदान गर्दछ।
स्मार्ट प्रविधिका साथ स्मार्ट यात्रा
Velax Series मा आधुनिक सवारीका लागि आवश्यक प्रबिधिहरू समेटिएका छन्:
• Cruise Control – लामो यात्राका लागि सहजता
• Reverse Mode – पार्किङमा सजिलो
• Keyless Start र Smart Unlock
• मोबाइल एप इन्टिग्रेसन – एण्टी-थेफ्ट अलर्ट, ट्र्याकिङ, र डाइग्नोस्टिकस
• Regenerative Braking – रेञ्ज बढाउन सहयोगी
• USB चार्जिङ पोर्ट, LED लाइट, र फुली डिजिटल ड्यासबोर्ड
ग्यारेन्टी र सेवा नेटवर्क
Velax मोडेलहरूमा ३ वर्ष वा ३०,००० किमी को वारेन्टी उपलब्ध छ। कुजु नेपालले देशभरका १२ भन्दा बढी आधिकारिक डिलरहरू मार्फत टेस्ट राइड, प्रि-बुकिङ र फाइनान्सिङ सुविधा सुरु गरिसकेको छ।








