मुख्यमन्त्री लामाले राजीनामा पत्र स्वकीय सचिवमार्फत प्रदेश प्रमुख कार्यालयमा बुझाए

काठमाडौं । वागमती प्रदेशका मुख्यमन्त्री बहादुर सिंह लामाले प्रदेश प्रमुखसमक्ष राजीनामा पत्र पेश गरेका छन् ।

मुख्यमन्त्री लामाको तर्फबाट सोमवार उनका स्वकीय सचिव छत्रबहादुर लामाले प्रदेश प्रमुख दीपकप्रसाद देवकोटाका प्रमुख स्वकीय सचिव बलराम गैरेमार्फत प्रदेश प्रमुखसमक्ष राजीनामा पत्र पेश गरेका हुन् ।

लामाले आईतवार नै पदबाट राजीनामा दिएको घोषणा गरेका थिए । लामाले नेपालको संविधानको धारा १६९ को उपधारा १ (क) अनुसार मुख्यमन्त्री पदबाट राजीनामा दिएका हुन् ।

यसैगरी प्रदेश प्रमुख देवकोटा स्वास्थ्य उपचार पछि सोमबार नै कार्यालयमा उपस्थित भएका थिए ।

स्वास्थ्यमा समस्या देखिएपछि प्रदेश प्रमुख देवकोटा गत साउन १५ गते काठमाडौँको धापासीस्थति ग्रान्डी अन्तर्राष्ट्रिय अस्पतालमा भर्ना भएका थिए ।

लामाले राजीनामा पत्र बुझाएसँगै अब नयाँ मुख्यमन्त्री नियुक्ति प्रक्रिया शुरु हुनेछ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

20 − nine =