सूर्यविनायकमा ५० हजार दर्शक क्षमताको फुटबल रंगशाला बनाउने प्रधानमन्त्रीको घोषणा

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले भक्तपुरको सूर्यविनायकमा ५० हजार दर्शक क्षमताको फुटबल रंगशाला बनाउने घोषणा गरेका छन् ।
बिहीवार फिफा फुटबल फर स्कुल कार्यक्रमको उद्घाटन गर्दै प्रधानमन्त्री ओलीले अब छिटै नै भक्तपुरको सूर्यविनायक नगरपालिकामा ५० हजार क्षमताको रंगशाला बनाउने घोषणा गरेका हुन् ।
दशरथ रंगशालाको क्षमता १५ हजार रहेको र नेपाली फुटबलप्रेमीहरुका लागि अब साँघुरो हुँदै गएकाले अब ठूलो नयाँ रंगशाला निर्माण कार्यमा सरकार जुटेको बताए ।
दशरथ रंगशालालाई स्तरोन्नति गर्ने पनि प्रधानमन्त्रीको भनाइ छ । कीर्तिपुरमा क्रिकेट मैदानको स्तरोन्नति कार्य सम्पन्न हुने चरणमा रहेको पनि जानकारी दिए ।
अब खेल सिक्नको लागि खेल मैदानहरुको कमी नहुने पनि प्रतिवद्धता जनाए । खेलकुद क्षेत्रका पूर्वाधार तयार सरकारले निर्माण गरिरहेको र महिला फुटबलरहरुका लागि अभ्यास गर्ने ठाउँहरुको निर्माण पनि गरिरहेको बताए ।
प्रधानमन्त्री ओलीले कीर्तिपुरस्थित क्रिकेट रंग्शालाको अधिकतम सदुपयोग हुने बताए । भक्तपुरको जगातीमा ५० हजार दर्शक क्षमताको रंगशाला बनाउने घोषणा गरे ।








