फिफा फुटबल फर स्कुलमा ३२ हजारभन्दा बढी विद्यार्थी सहभागी

काठमाडौं । अखिल नेपाल फुटबल संघ (एन्फा) ले देशको ७७ वटै जिल्लाका एक हजार ७२ वटा विद्यालयलाई फुटबल प्रदान गर्ने भएको छ ।

विद्यार्थीलाई फुटबलमार्पmत शारीरिक, मानसिक, सामाजिक र नैतिक विकास गराउने उद्देश्यले फुटबल फर स्कुल कार्यक्रमअन्तर्गत ७७ वटै विद्यालयलाई फुटबल प्रदान गर्न लागिएको हो ।

शिक्षा, विज्ञान तथा प्रवधि मन्त्रालय र युवा तथा खेलकुद मन्त्रालयको सहकार्यमा आगामी साउन १५ गते उक्त कार्यक्रम हुने भएको छ ।

सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा सोमबार पत्रकार सम्मेलनमार्पmत एन्फाले यस कार्यक्रमबारे जानकारी दिएको हो ।

त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा उपत्यकाका विद्यालयबाट करिब ३÷४ हजार विद्यार्थी सहभागी गराउँदै फिफा फुटबल फर स्कुलको औपचारिक शुभारम्भ हुने एन्फाका महासचिव किरण राइले जानकारी दिएका छन् ।

पत्रकार सम्मेलनमा फिफाको फुटबल फर स्कुलका म्यानेजर एन्टोनियो ब्युनानो सान्चेजले फुटबल फर स्कुलको आवश्यकता र महत्वबारे चर्चा गर्दै प्राथमिक तहका विद्यार्थीलाई फुटबलका माध्यमबाट व्यावहारिक ज्ञान दिने प्रयास रहेको बताए ।

एन्फाका महासचिव किरण राईले करिब १५/१६ करोड बराबरको फुटबल प्रदान गर्न लागिएको र यस किसिमको कार्यक्रमले युवा खेलाडी उत्पादनमा महत्वपूर्ण भुमिका खेल्ने बताए ।

यसअघि दक्षिण एसियामा भारतले यो कार्यक्रम आयोजना गरेको र त्यसपछि नेपालले पनि यो कार्यक्रम गर्न लागको उनको भनाइ छ । उपत्यका बाहिर भने त्यहाँ नै गएर फुटबल प्रदान गर्ने कार्यक्रम छ ।

फिफा र युनेस्कोको सहकार्यमा यो कार्यक्रम आयोजना हुँदै आएको छ । यसले बालबालिकाको शिक्षा, विकास र सशक्तीकरणमा योगदान पु¥याउने फिफाले लक्ष्य राखेको छ ।

साथै यस कार्यक्रमले फुटबललाई शिक्षणको एक माध्यमको रूपमा प्रयोग गरी विद्यार्थीहरूलाई अनुशासन, आत्मविश्वास, सहकार्य, नेतृत्व, लैङ्गिक समानता र सामाजिक समावेशीता सिकाउने आशा गरिएको छ ।

प्रशिक्षक तथा शिक्षकहरूलाई तालिम दिइने यस कार्यक्रमको योजना छ । देशभरका ७७ वटै जिल्लाका हजार ७२ विद्यालयहरूमा ३२ हजार ६ सय ४० वटा फुटबल वितरण गरिँदैछ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

2 × 5 =