चलचित्र ‘जनक्रान्ति’ निर्माण हुने, प्रचण्डले गरे पहिलो पोस्टर सार्वजनिक (तस्बिरहरू)

काठमाडौँ । गणतन्त्र स्थापनाका लागी भएको आन्दोलनको घटनामा आधारित नेपाली कथानक चलचित्र ‘जनक्रान्ति’ निर्माण गरिने भएको छ ।
शनिवार उक्त चलचित्रको पहिलो पोस्टर गणतन्त्र नेपालका प्रथम प्रधानमन्त्री पुष्प कमल दाहाल प्रचण्डले सार्वजनिक गरेका हुन् ।
पोस्टर सार्वजनिक पछि बोल्दै प्रचण्डले चलचित्र युवा पुस्तालाई गणतन्त्र स्थापनाका लागी भएको संघर्ष र गणतन्त्र स्थापना आदिको सामाजिक, राजनैतिक, आर्थिक अवस्था बारे जानकारी दिन र लिन सहयोगी हुने विश्वास व्यक्त गरे ।
हिजोको समाजको अवस्थाबारे युवा पुस्तालाई जानकारी दिन आवश्यक रहेको उनको भनाई थियो । रुद्राक्ष फिल्म्स प्रा।ली।को ब्यानरमा निर्माण हुन लागेको नेपाली कथानक चलचित्र जनक्रान्तिको निर्देशन उपेन्द्र तिमिल्सिनाले गर्नेछन । भाद्र दोस्रो सातादेखि चलचित्रको छायाङ्कन सुरु गरिने निर्माण पक्षले बताएको छ ।
जनकान्तिको प्रदर्शनको मिति फागुन १ का लागी तय गरिएको निर्माता रुद्र प्रसाद खनालले जानकारी दिए । चलचित्रमा गणतन्त्र स्थापनाकाल भएका विभिन्न आन्दोलनहरूको पृष्ठभूमिको कथा समेटिएको निर्देशक तिमिल्सिनाले बताए ।
सत्य घटनामा आधारित हुने चलचित्र नयाँ पुस्ताका युवाहरूका लागी नेपालको राजनैतिक घटनाक्रम बुझ्न सहज हुने निर्माण पक्षले बताएको छ । चलचित्रको छायाङ्कन पश्चिम नेपालको रुकुम, रोल्पा, जाजरकोट, जुम्ला,कालिकोट, बाँके, बर्दिया र पूर्वी नेपालको धनकुटा खोटाग भोजपुर तथा तराई मधेसको सर्लाहीमा गरिने छ ।
हेर्नुहोस् तस्बिरहरू :










