कविता अर्यालको ‘श्रीमानज्यू’ सार्वजनिक

काठमाडौं । नेपाली महिलाहरूको महान पर्व हरितालिका तीज नजिकिएसँगै बजारमा नयाँनयाँ तिजका गीत सार्वजनिक हुन थालेका छन् ।

यसै क्रममा सोमवार गायिका कविता अर्यालको ‘श्रीमानज्यू’ बोलको तिज गीतको म्युजिक भिडियो सार्वजनिक गरिएको हो ।

राष्ट्रिय लोक सञ्चारकर्मी नेपालको आयोजनामा भव्य कार्यक्रमसहित उक्त म्युजिक भिडियो सार्वजनिक गरिएको हो ।

रमेश परियारको शब्द/संगीत रहेको गीतमा स्वयं परियारले आवाज दिएका छन् । कार्यक्रममा उपस्थित कलाकारहरुले पछिल्लो समय तीज गीतको नाममा उश्रृृङ्खल गीत बढेको भन्दै कलाकारहरु अनुशासित हुन जरुरी रहेको धारणा राखेका छन् ।

कार्यक्रममा बोल्दै गायक पशुपति शर्माले नराम्रो गीत गाएर क्षणभरको लागि व्यक्तिगत लाभ भएपनि कला क्षेत्रमा लामो समयसम्म रहिरहन नसकिने बताए ।

गायक तथा मोडल शंकर बि.सी.ले समाजमा विकृति फैल्याउने खालका गीतहरुलाई अस्वीकार गर्न दर्शकहरुलाई आग्रह गरे ।

कला र संस्कृतिको संरक्षणमा गीतहरुको महत्वपूर्ण भूमिका हुने उल्लेख गर्दै कला र संस्कृति बोकेका गीतहरुलाई सबैले माया गर्नुपर्ने उनको भनाइ छ ।

कार्यक्रममा उपस्थित अन्य कलाकारहरुले समेत समाजमा जनचेतना जगाउने र नारी सशक्तिकरणमा सहयोग गर्ने खालका गीतहरु आउनुपर्नेमा जोड दिए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

one × two =