विजय र सन्दीपबीच पहिलोपटक औपचारिक संवाद (भिडिओ)

काठमाडौं । नेपाली कलाकारिता क्षेत्रका दुई चर्चित अनुहार हुन् कमेडियन सन्दीप क्षेत्री र अभिनेता विजय बराल । उनीहरूको चिनजान लामो समयदेखिको हो ।
उनीहरू एक अर्कासँग विभिन्न कार्यक्रम र प्रोजेक्टहरूमा सहयोगी बनेका छन् । तर, अचम्मको कुरा के छ भने, यति लामो सम्बन्ध हुँदाहुँदै पनि उनीहरूबीच अहिलेसम्म औपचारिक संवाद भएको थिएन ।
मकालुखबसँगको संवादमा भने यी दुई चर्चित कलाकार पहिलोपटक एक अर्कासँग गम्भीर र गहिरो संवादमा जुटे । संवादमा सन्दीप र विजयले आफ्नो कलाकारिताको यात्रा, सङ्घर्ष, सफलताका कथा, गीत–सङ्गीतदेखि चलचित्रको अनुभवसम्म खुलस्त रूपमा सुनाए ।
विशेषतः विजय बराल अभिनीत चलचित्र ‘जनै हराएको मान्छे’ का सन्दर्भमा पनि विस्तृत चर्चा भयो ।
विजयले चलचित्रको कथावस्तु, निर्माण प्रक्रिया, र आफ्नो भूमिका बारे गहिरो विश्लेषण गरे भने सन्दीपले विजयको समर्पण र धैर्यताको खुलेर प्रशंसा गरे ।
कुराकानीको क्रममा दुवैले चिनजान पुरानो भए पनि यस्तो औपचारिक संवादको अवसर भने पहिलोपटक मिलेको बताए ।
भिडियोमा हेर्नुहोस् दुई कलाकारबीचको गहिरो र रमाइलो संवाद








