साफ महिला यू–२० च्याम्पियनसिपमा नेपालको सानदार सुरुआत
२०८२ असार २७ गते

काठमाडौं । साफ महिला यू–२० च्याम्पियनसिप फुटबलमा नेपालले विजयी सुरुआत गरेको छ ।
बंगलादेशमा जारी प्रतियोगिताको पहिलो खेलमा नेपालले भुटानलाई ६–१ गोल अन्तरले पराजित गर्दै सशक्त प्रदर्शन गरेको हो ।
नेपालको जितमा फरवार्ड पूर्णिमा राई चम्किइन् । उनले खेलको १८ औं, ५३ औं, ८३ औं र ८८औं मिनेटमा गोल गर्दै ह्याट्रिकसहित व्यक्तिगत चार गोलको योगदान दिइन्। सोनु परियारले पनि उत्कृष्ट प्रदर्शन गर्दै दुई गोल गरिन् ।
भुटानका लागि केल्देन वाङ्मोले एक सान्त्वना गोल फर्काइन् ।
चार टोली सहभागी रहेको च्याम्पियनसिप डबल राउन्ड रोबिन प्रारूपमा खेलिँदैछ । नेपालले अब आफ्नो दोस्रो खेल आइतबार घरेलु टोली बंगलादेशसँग खेल्नेछ ।
२०८२ असार २७ गते
प्रतिक्रिया
सम्बन्धित








