खेलाडी देशको गौरव हुन् : मन्त्री चौधरी

काठमाडौं । युवा तथा खेलकुदमन्त्री तेजुलाल चौधरीले खेलाडी देशको गौरव भएको बताएका छन् ।

बिहीवार ललितपुरमा नेशनल हाइ पर्फमेन्स सेन्टर एण्ड स्पोट्र्स साइन्स ल्यावको उद्घाटन गर्दै उहाँले यस्तो बताएका हुन् ।

उनले खेल जगतमा हाल विश्वका विकसित प्रविधिहरुलाई राष्ट्रिय खेलकुद परिषद्ले खेल क्षेत्रको विकासमा नयाँ कोशेढुंगा थप्न खोजेको बताए ।

उनले यसले खेल क्षेत्रको विकासमा महत्वपूर्ण योगदान पु¥याउने विश्वास व्यक्त गरे । खेलाडीहरुले देखाएको लगनशिलता,कडा, परिश्रम, त्याग, अनुशासन साँच्चिकै प्रशंसनीय रहेको बताए ।

खेलाडीहरुलाई उच्च मनोबल र प्रदर्शन क्षमताको विकास र उत्कृष्ट खेल विकासको लागि नेशनल हाइ पर्फमेन्स सेन्टर एण्ड स्पोट्र्स साइन्स ल्यावले धेरै नै सहयोग गर्ने विश्वास व्यक्त गरे । यस्ता पूर्वाधार सातै प्रदेशमा विकास गर्न सबैको सहयोग आवश्यक रहेको बताए ।

मन्त्री चौधरीले खेलकुद क्षेत्रको विकास र खेलाडीहरुको दक्षता मापन गर्ने विषयका रुपमा नेशनल हाइ पर्फमेन्स सेन्टर एण्ड स्पोट्र्स साइन्स ल्याव उपयुक्त हुने बताए ।

 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

seventeen + eighteen =