क्लब विश्व‌ कपको सेमिफाइनलमा रियल म्याड्रिडको भेट पिएसजीसँग पक्का

काठमाडौं । रियल म्याड्रिड अमेरिकामा जारी फिफा क्लब विश्व‌ कपको सेमिफाइनलमा पुगेको छ । अन्त्यतिर रोमान्चक बनेको खेलमा बोरुसिया डर्टमुण्डलाई ३-२ ले हराउँदै रियलले अन्तिम चारको यात्रा तय गरेको हो ।

रियल अब सेमिफाइनलमा फ्रेन्च च्याम्पियन पेरिस सेन्ट-जर्मेन (पिएसजी) सँग भिड्नेछ । पिएसजीले त्यसअघि नै बायर्न म्युनिखलाई २-० ले हराएको थियो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

20 − seventeen =