एसिसी मेन्स यु-१६ इस्ट जोन कपको उपाधि नेपाललाई

काठमाडौं । एसिसी मेन्स यु-१६ इस्ट जोन कपको उपाधि नेपालले हात पारेको छ ।

शनिबार (आज) सम्पन्न खेलमा सिंगापुरलाई २ विकेटले हराउँदै नेपाल अपराजित रहँदै च्याम्पियन बनेको हो ।

नेपालले जितको लागि १ सय १४ रनको लक्ष्य पाएको प्रतिस्पर्धात्मक खेलमा २९ ओभरमा ८ विकेट गुमाउँदै पुरा गर्‍यो ।

रोमाञ्चक फाइनल खेलमा बलिङतर्फ ओपनर परिमार्जन यादव १३ रनमा र शिवांश बजागाई २० रनमा आउट भए । लगतै रौनक श्रीवास्तव रन नजोडी आउट भए । तीन विकेटको नोक्सानीमा नेपालले ४० रन जोडेको थियो । चौथो विकेटको रूपमा प्रसिद्ध जैसी १७ रनमा र सुगम बुढाथोकी १ रनमा आउट हुँदा नेपाल दबाबमा पर्‍यो । शुभम खनाल १९ रनमा, सचिन १ रनमा र विपिन प्रसाद शर्मा शून्य रनमा आउट हुँदा नेपाल झन् दबाबमा परेको थियो । ९२ रन जोड्दा ८ विकेट गुमाएको खेलमा जोय थापा अविजित २४ र अभय यादव अविजित १० रनमा रहँदै नेपाललाई २ विकेटको जित दिलाउन सफल रहे ।

नेपालले २०२३ मा पनि यो कपको उपाधि उचालेको थियो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

four + 5 =