विद्यार्थीले मनाए धान दिवस (तस्बिरहरू)
२०८२ असार १५ गते

काठमाडौँ । हरेक वर्ष असार १५ गते देशभर धान दिवस मनाइन्छ ।
यस अवसरमा गोकर्णेश्वर नगरपालिका–४ का उत्तरबाहिनी बोर्डिङ स्कूल र ब्राइट लर्न एकेडेमीका विद्यार्थीहरूले रोपाइँ गरेर धान दिवस मनाएका छन् ।
विसं २०६१ मङ्सिर २९ गते मन्त्रीस्तरीय निर्णय गरी २०६२ साल असार १५ गतेदेखि राष्ट्रिय धान दिवस मनाउन थालिएको हो ।
कृषिप्रधान देश भएकाले नेपालका अधिकांश मानिसको पेसा खेतीपाती हो । किसान वर्षभरका लागि छाक जुटाउन यो महिना खेतीमा व्यस्त हुन्छन् ।
आजका दिन असारे भाकामा लोकदोहोरी गाउँदै छुपुछुपु हिलोमा धान रोपिन्छ । ‘छुपु र छुपु हिलोमा धान रोपेर छोडौँला, बनाई कुलो लगाई पानी आएर गोडौँला’ जस्ता लोकलयका गीत गाएर खेतमै रमाइलो पनि गरिन्छ ।
हेर्नुहोस् तस्बिरहरू :

२०८२ असार १५ गते
प्रतिक्रिया
सम्बन्धित








