शास्त्रीको पार्थिव शरीर अन्तिम श्रद्धाञ्जलीका लागि पार्टी कार्यालयमा (तस्बिरहरू)
२०८२ असार ४ गते

काठमाडौँ । पूर्वउद्योगमन्त्री एवं नेपाली काँग्रेसका नेता दिवंगत ढुण्डिराज शास्त्रीको पार्थिव शरीर अन्तिम श्रद्धाञ्जलीका लागि पार्टी केन्द्रीय कार्यालयमा राखिएको छ ।
बुधवार बिहान उनको पार्थिव शरीरलाई अन्तिम श्रद्धाञ्जलीका लागि पार्टी केन्द्रीय कार्यालय सानेपामा राखिएको हो । ९० वर्षीय शास्त्रीको उपचारका क्रममा गत सोमवार निधन भएको थियो ।
पार्टी केन्द्रीय कार्यालय सानेपामा उहाँको पार्थिव शरीरमा श्रद्धाञ्जली दिनका लागि काँग्रेस सभापति शेरबहादुर देउवा लगायतका नेताहरू पुगेका थिए ।
पार्टी कार्यालयमा सभापति देउवासहितका नेताहरूले उनको पार्थिव शरीरमाथि पार्टीको झण्डा ओढाएर सम्मान व्यक्त गरे ।
हेर्नुहोस् तस्बिरहरू :





२०८२ असार ४ गते
प्रतिक्रिया
सम्बन्धित








