रोनाल्डोको निर्णायक गोलमा जर्मनीलाई हराउँदै पोर्चुगल पुग्यो फाइनल

काठमाडौं । क्रिस्टियानो रोनाल्डोको निर्णायक गोलको मद्दतले पोर्चुगलले बुधबार राति नेसन्स लिग सेमिफाइनलमा जर्मनीलाई २-१ ले पराजित गर्दै फाइनल यात्रा सुनिश्चित गरेको छ ।

यो जितसँगै पोर्चुगलले दुई दशकभन्दा लामो समयपछि जर्मनीमाथि ऐतिहासिक जित दर्ता गर्न सफल भएको छ । खेलको ६८ औं मिनेटमा रोनाल्डोले निर्णायक गोल गर्दै पोर्चुगललाई फाइनलमा पुर्‍याए । यो गोलसँगै उनले आफ्नो अन्तर्राष्ट्रिय गोल संख्या १३७ पुर्‍याएका छन्, जुन कीर्तिमान हो ।

खेलको पहिलो हाफमा जर्मनीले आक्रामक शुरुवात गर्दै अग्रता लिएको थियो । २२ औं मिनेटमा फ्लोरिन विर्टजले गोल गर्दै घरेलु टोलीलाई १-० को अग्रता दिलाएका थिए । तर पोर्चुगलले दोस्रो हाफमा खेलमा फर्कँदै उत्कृष्ट पुनरागमन गर्‍यो । ५४ औं मिनेटमा फ्रान्सिस्को कोन्सकोउले बराबरी गोल गर्दै खेललाई रोमाञ्चक मोडमा पुर्‍याए । त्यसपछि, रोनाल्डोले ६८ औं मिनेटमा निर्णायक गोल गर्दै टोलीलाई फाइनलमा पुर्‍याए ।

पोर्चुगलले सन् २००० यता पहिलो पटक जर्मनीमाथि जित निकाल्दै आफ्नो लामो जितहीन यात्रालाई टुंग्याएको हो । फाइनलमा पोर्चुगलले अब स्पेन र फ्रान्सबीच हुने दोस्रो सेमिफाइनल विजेतासँग उपाधिका लागि भिड्नेछ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

two × five =