राष्ट्रिय आर्थिक गणना हुने
२०८२ जेठ १५ गते

काठमाडौँ । सरकारले राष्ट्रिय आर्थिक गणना गर्ने भएको छ ।
राष्ट्रिय आर्थिक गणना, २०८२ सम्पन्न गरिनेछ । राष्ट्रिय लेखाको आधार वर्ष परिवर्तन गर्ने र सङ्घ, प्रदेश र स्थानीय तहको तथ्याङ्कीय प्रोफाइल तयार गर्ने बताए । विग डाटा प्रशोधन क्षमता विकास गरिनेछ। खुला तथ्याङ्कको अवधारणालाई क्रमशः कार्यान्वयन गरिने बताए ।
नेपालको संविधानले व्यवस्था गरेको अधिकारसूची, कार्य विस्तृतीकरण प्रतिवेदन र आयोजना मापदण्डअनुरूप सङ्घ, प्रदेश र स्थानीय तहबीच आयोजनाको दोहोरोपना हुन नदिन एकीकृत राष्ट्रिय आयोजना बैंक व्यवस्थापन सूचना प्रणाली सञ्चालनमा ल्याइनेछ जानकारी दिए । प्राकृतिक स्रोतको संरक्षण र दिगो उपयोगका लागि तहगत सरकारकाबीच समन्वय र सहकार्य गरिने बताए ।
आयोजना बैंक, मध्यमकालीन खर्च संरचना र मन्त्रालयगत बजेट सूचना प्रणालीबीच अन्तर–आवद्धता कायम गरिने बताए ।
२०८२ जेठ १५ गते
प्रतिक्रिया
सम्बन्धित









