जलवायु अनुकूलनका कार्यक्रमहरूलाई प्रदेश र स्थानीय तहसम्म आन्तरिकीकरण गर्ने

काठमाडौँ । सरकारले प्लाष्टिकजन्य पदार्थबाट हुने वातावरणीय प्रदूषण न्यूनीकरण गर्न ४० माइक्रोन भन्दा पातलो प्लाष्टिकको उत्पादन, आयात, विक्री वितरण र प्रयोगमा २०८२ मंसिर १ गतेदेखि लागू हुने गरी रोक लगाउने भएको छ ।
हाल सञ्चालित उद्योगमा यसअनुरूपको गुणस्तर वृद्धि गर्न दायि प्रतिस्थापनका लागि पुँजीगत अनुदान दिने व्यवस्था मिलाइएको छ । पग्लिँदै गरेका हिमाल, सुक्दै गएका हिमनदी, समग्र इकोसिस्टममा परेको प्रतिकुल प्रभावलाई दृष्टिगत गरी वातावरण संरक्षणका कार्यक्रम सञ्चालन गर्ने बताए ।
जलवायु न्यायको सिद्धान्तअनुरूप नेपालको हित संरक्षणका लागि अन्तर्राष्ट्रिय मञ्चहरूमा पैरवी गर्ने बताए । जलवायु कोषहरूमा वित्तीय कोष अभिवृद्धि गर्ने बताए । सगरमाथा संवादका निष्कर्षहरू कार्यान्वयन गर्ने बताए ।
विश्व समुदायसँगको सहकार्यमा जलवायु अनुकूलनका कार्यक्रमहरूलाई प्रदेश र स्थानीय तहसम्म आन्तरिकीकरण गर्ने बताए । कार्बन व्यापारका सबै आयामहरू समेट्ने गरी नीतिगत स्पष्टता ल्याइने बताए ।









