दुई वर्षभित्र चामलमा आत्मनिर्भर हुन २२ जिल्लामा चैते धान खेती प्रवर्द्धन कार्यक्रम सञ्चालन
२०८२ जेठ १५ गते

काठमाडौँ । दुई वर्षभित्र चामलमा आत्मनिर्भर हुन तराई र भित्री मधेसका २२ जिल्लामा चैते धान खेती प्रवर्द्धन कार्यक्रम सञ्चालन हुने भएको छ ।
आर्थिक वर्ष २०८२-०८३ को बजेट भाषणका क्रममा उनले यस्तो बताएका हुन् । यसबाट थप १२ लाख धान उत्पादन हुने सरकारको अपेक्षा छ । चैते धान खेतीका लागि सिँचाइ पूर्वाधार निर्माण गर्न ३३ करोड विनियोजन भएको छ । लुम्बिनी, कर्णाली र सुदूरपश्चिमका मध्य तथा उच्च पहाडी जिल्लाका ८० वटा स्थानीय तहमा उच्च मूल्यका बाली वस्तुको खेती प्रवर्द्धन गर्ने सरकारको योजना छ । यसका लागि ८३ करोड रुपैयाँ विनियोजन भएको छ ।
२०८२ जेठ १५ गते
प्रतिक्रिया
सम्बन्धित









