म्यानचेस्टर सिटीलाई हराउँदै क्रिस्टल प्यालेसले जित्यो एफए कपको उपाधि

काठमाडौं । इंग्लिस फुटबलको प्रतिष्ठित एफए कपमा क्रिस्टल प्यालेसले इतिहास रच्दै पहिलो पटक उपाधि जितेको छ । शनिबार राति सम्पन्न फाइनलमा प्यालेसले सशक्त प्रतिद्वन्द्वी म्यानचेस्टर सिटीलाई १-० ले स्तब्ध पार्दै उपाधि आफ्नो पक्षमा पार्न सफल भएको हो ।

खेलको १६औं मिनेटमा एबरेजी एजले डानियल मुनोजको उत्कृष्ट क्रसमा निर्णायक गोल गरे । सो गोलले नै खेलको भाग्य तय गर्‍यो । क्रिस्टल प्यालेसका लागि यो जित क्लबको इतिहासमै सबैभन्दा ठूलो उपलब्धि बनेको छ ।

प्यालेसका गोलकिपर डियन हेन्डरसनले खेलभर प्रभावशाली प्रदर्शन गर्दै सिटीका आक्रमणहरूलाई बारम्बार निस्तेज बनाए । विशेषतः ३६औं मिनेटमा ओमार मारमाउसले लिएको पेनाल्टी सेभ गर्दै उनले टोलीलाई अग्रता जोगाउन महत्वपूर्ण भूमिका खेले ।

यस पराजयसँगै म्यानचेस्टर सिटीको लागि सन् २०१६/१७ मा पेप गुआर्डीओला प्रशिक्षक बनेयता पहिलो पटक कुनै उपाधिबिना सिजन टुंगिएको छ । उपाधिका लागि बलियो दाबेदार मानिएको सिटीको हारले फुटबल विश्लेषकहरूलाई समेत चकित पारेको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

19 + fifteen =