एक खेलअगावै प्लानिङ ब्वाइज लिग च्याम्पियन

काठमाडौं । प्लानिङ ब्वाइज युनाइटेडले शुक्रवार नयाँबस्ती युवा क्लबमाथि जित निकाल्दै एक खेलअगावै सहिद स्मारक ‘बी’ डिभिजन लिगको उपाधि उचालेको हो ।

सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा प्लानिङ ब्वाइजले रेलिगेसनमा परिसकेको नयाँबस्ती युवामाथि ५–० को सानदार जित निकाल्यो । यससँगै प्लानिङ ब्वाइज एक खेल अगाव शहीद स्मारक ‘बी’ डिभिजन लिगको च्याम्पियन बन्यो ।

यो खेलअगावै प्लानिङ ब्वाइज शिर्ष डिभिजनमा बढुवा भइसकेको टोली हो । शुक्रवार पनि जित निकाल्दै प्लानिङले अर्को सफलता पनि प्राप्त ग¥यो । जितसँगै प्लानिङ ब्वाइजले १२ खेलबाट ३० अंक जोडेको छ । यो दोस्रो स्थानमा रहेको श्री भगवतीको भन्दा सात अंक बढी हो । समान खेलबाट पाँच जोडेको नयाँबस्तीले पुछारमा रहेर लिग टुङ्गाउने पक्का भएको छ ।

प्लानिङ ब्वाइजको जितमा फागुराम थारुले दुई तथा ओमप्रकाश चौधरी र प्रतापसिंह राईले समान एक गोल गरे । एक गोल आत्मघाती उपहार स्वरूप प्राप्त भयो । खेलको ११औं मिनेटमा फागुरामको गोलबाट प्लानिङ ब्वाइजले अग्रता लिएको थियो ।

२९औं मिनेटमा ओमप्रकाशले प्लानिङ ब्वाइजका लागि दोस्रो गोल गरे । यससँगै पहिलो हाफमा प्लानिङ ब्वाइज २–० ले अगाडि रह्यो । दोस्रो हाफमा तीन गोल थप्यो । दोस्रो हाफको सुरुमा नै प्लानिङका लागि तेस्रो गोल निस्कियो । नवीन खवासले ४७औं मिनेटमा आत्मघाती गोल गर्न पुगे । यससँगै प्लानिङ ब्वाइज ३–० ले अगाडि बढ्यो ।

५५औं मिनेटमा फागुरामले व्यक्तिगत दोस्रो गोल गरे । यससँगै टोलीका लागि चौथो गोल सम्भव भयो । प्रतापले ७२औं मिनेटमा गोल गर्दै प्लानिङ ब्वाइजलाई ५–० ले अग्रता दिलाए । त्यसपछि दुवै तर्पmबाट गोल हुन सकेन र प्लानिङ ब्वाइजले सानदार जित जित निकाल्यो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

twenty + two =