नीति राम्रो, कार्यक्रम छैनन् : माधव सापकोटा

काठमाडौँ । नेकपा (माओवादी केन्द्र) का सांसद माधव सापकोटाले सरकारको नीति तथा कार्यक्रममा सम्बोधन नहुने खतरा भएको बताएका छन् ।

शुक्रवार सङ्घीय संसदको संयुक्त बैठकमा सरकारले प्रस्तुत गरेको आगामी आर्थिक वर्ष २०८२/०८३ को नीति तथा कार्यक्रमका बारेमा पत्रकारहरूलाई संक्षिप्त प्रतिक्रिया दिँदै उनले यस्तो बताएका हुन् ।

उनले सरकारले आगामी वर्षको नीति राम्रो राखे पनि कार्यक्रम नभएको बताए । सरकारले गलत नियत राख्यो भने नीति तथा कार्यक्रम कार्यान्वयन हुन नसक्ने बताए ।

सांसद सापकोटाले युवा पलायनलाई रोक्न सरकारले युवा लक्षित कार्यक्रममा ल्याउन नसकेको बताए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ten − 7 =