शिक्षक आन्दोलनमा पिउने पानीको समस्या (तस्बिरहरू)
२०८२ वैशाख १२ गते

काठमाडौँ । आन्दोलनको बिच सडकमा मिनिरल वाटरका बोतलले भरिएको एक सानो मिनी ट्रक आउँछ । पानी पिउन एक हुल शिक्षकहरू जम्मा हुन्छन् । त्यसबेला केही शिक्षकहरूले पानी पाउँछन् त कोहिको रित्तो हात पानी माग्न उठी रहन्छ । तर त्यत्तिन्जेलसम्म पानी सिद्धिइसक्छ ।
अनि पानी माग्न उठेका हातहरू त्यत्तिकै निराश भएर तल झर्छन् ।
यसरी काठमाडौँको सडककेन्द्रित आन्दोलनमा पिउने पानीको समस्या देखिएको छ ।
आज ९शुक्रवार० २४ औँ दिन पनि जारी शिक्षकहरूको आन्दोलनमा पिउने पानीको समस्या देखिएको हो ।
यता शिक्षक महासङ्घका अध्यक्ष लक्ष्मीकिशोर सुवेदीले फेसबुकमा लेख्दै शिक्षा ऐन जारी नभएसम्म आन्दोलन नछोड्ने बताएका छन् ।
हेर्नुहोस् तस्बिरहरू :

२०८२ वैशाख १२ गते
प्रतिक्रिया
सम्बन्धित








