आहा ! ऐना पहरा झरना (तस्बिरहरू)
२०८२ वैशाख ३ गते

काठमाडौं । तनहुँको मनै लोभ्याउने ऐना पहरा झरना, जहाँ दिनहुँ पर्यटकहरूको भिड लाग्ने गर्छन् ।
गण्डकी प्रदेशको प्रवेशद्वार आँबुखैरेनीमा पर्ने ऐना पहरालाई मानव निर्मित संरचनाले पर्यटकलाई लोभ्याउने गरी बनाइएको छ ।
पहराहरूमा काखमा बच्चा लिएको आमाको आकृति, गणेश भगवानको शिरबाट झर्ने झरना, परी, हात्तीहरू लगायतको स्वरूपले थप आकर्षित बनाएको छ । बस्नको लागि पार्कहरू पनि बनाइएको छ ।
पृथ्वी राजमार्ग अन्तर्गत पर्ने भएकोले तनहुँ प्रवेश गर्ने जो कोही यात्रुहरू यहाँ आउने गर्छन् । धेरै जसो पर्यटकहरू टिकटक बनाउने, नाच्नेहरूको भिड लाग्ने गर्छ । ऐना पहरा झरना आन्तरिक र बाह्य पर्यटकको रोजाइमा अहिले बढ्दै गएको छ ।
हेर्नुहोस् तस्बिरहरु :


२०८२ वैशाख ३ गते
प्रतिक्रिया
सम्बन्धित








