४५ हजारले गरे दशौँ नेपाल विल्डकन इन्टरनेशनल प्रदर्शनीको अवलोकन

काठमाडौँ । दशौँ नेपाल विल्डकन इन्टरनेश्नल प्रदर्शनीमा ४५ हजारले अवलोकन गरेका छन् ।
भृकुटीमण्डपमा जारी प्रदर्शनीको अन्तिम दिन आइतबार आयोजकले यस्तो जानकारी दिएको हो । मिडिया स्पेश सोलुसन्स प्रा।लि।का प्रबन्ध निर्देशक सिर्जजल भट्टराईले प्रदर्शनीमा आर्किटेक, ठेकेदार, इन्जिनियर, लगायतको उपस्थिति रहेको बताए ।
घर निर्माण वा पुनर्निर्माण गराइ रहनुभएका आमसर्वसाधारणको पनि प्रदर्शनीमा सोचेभन्दा राम्रो सहभागिता रहेको उनको भनाइ छ ।
उनले भने ‘हामीले जुन आँगलन गरेका थियौँ, त्यो हिसाबले ३ बजेतिरको डेटा हेर्दा ४० हजार क्रस भइसकेको छ । हामीले अनुमान गरेको हिसाबले मान्छेहरू आइदिनुभयो । अवलोकनकर्ताको डिटेल हेर्दाखेरि इन्जिनियर, आर्किटेक,इन्टरियर डिजाइनरस्, कन्याक्टर, विल्डर्सहरुको लगभग ४० देखि ४५ प्रतिशत उहाँहरूको आउनुभएको छ । त्यस्तै गरी, प्रोजेक्टहरू ह्याण्डओभर गरिरहनुभएका मान्छेहरूको पनि राम्रो सहभागिता रहेको छ । बाँकी लगभग ३० देखि ३५ प्रतिशत चाहिँ आमजनाता जसले घर बनाइ रहनुभएको छ या रिनोभेट गराइ रहनु भएको छ, घरका लागि केही सोलुसन हेरी रहनुभएको छ उहाँहरू आइ दिनुभएको छ ।’
बेला नेपाल इन्डस्ट्रिजका सेल्स म्यानेजर प्रद्युम्न प्रधानले प्रदर्शनीमा सोचेभन्दा राम्रो अवसर पाएको बताए । प्रदर्शनीमार्फत विदेशीहरूले समेत सामानको माग गरेको उनको भनाइ छ ।
लिंक लक प्रा.लि. भारतका एक्स्पोर्ट इन्चार्ज अमित भट्टाचार्यले प्रदर्शनीमा आफ्नो अनुभव राम्रो रहेको बताए । उनले आफ्नो कम्पनीको ब्राण्डको प्रचार आम सर्वसाधारणमा राम्रो भएको बताए ।
प्रदर्शनीमा पहिलो पटक सहभागिता जनाएका र्याम्को इण्डस्ट्रिज लिमिटेड भारतका शंकर रोय चौधरीले प्रदर्शनी विशेष लागेको बताए । आमसर्वसाधारणले आफ्ना उत्पादनप्रति चासोपूर्वक बुझ्न खोजेको उनको भनाइ छ ।
एएसएपी डिजानइन्सका सेल्स म्यानेजर सरोज अधिकारीले प्रदर्शनीमा नयाँ उत्पादनबारे जानकारी पाइएको बताए । आफ्नो ब्राण्डको प्रमोसनका लागि प्रदर्शनीमा सहभागी भएको उहाँको भनाइ छ ।
आयोजकले प्रदर्शनीमा ९९ प्रतिशत उत्पादन विदेशी भएको भन्दै नेपाली उत्पादन पछि परेको गुनासो गरेका छन् । यस्ता प्रदर्शनीमा नेपाली उत्पादनहरूको थप प्रचार–प्रसार गर्नेगरी सरकारले विशेष पहल गर्नुपर्नेमा आयोजकले जोड दिएका छन् ।








