म्यानचेस्टर सिटीले चेल्सीलाई हरायो, लिभरपुलको अग्रता फराकिलो

काठमाडौं । इङ्ग्लिस प्रिमियर लिगमा लिभरपुलले शीर्ष स्थानको अग्रता फराकिलो बनाउँदै छ । इप्स्विच टाउनलाई शनिवार ४-१ ले हराउँदै लिभरपुलले अग्रता ६ अंकको बनाएको छ । घरेलु मैदान एनफिल्डमा लिभरपुलको जितमा काड्यो गोक्पोले २, डोमिनिक स्जोबोस्ल र मोहम्मद सलाहले समान १ गोल गरे । पाहुना टोलीका लागि भने ज्याकोव ग्रेसले गोल गरे ।

खेलको ११औं मिनेटमा स्जोबोस्लले गोल गर्दै लिभरपुललाई सुरुवाती अग्रता दिलाए । सलाहले ३५औं मिनेटमा गोल गर्दै अग्रता दोब्बरको बनाए । खेलको ४४औं र ६६औं मिनेटमा गोल गदै गोक्पोले लिभरपुललाई ४-० को सहज स्थितीमा पुर्याए । अन्तिम मिनेटमा ग्रेसले इप्स्विचका लागि सान्त्वना गोल फर्काए ।

साविक विजेता म्यानचेस्टर सिटीको इङ्ग्लिस प्रिमियर लिगमा शनिवार सहज जित हासिल गरेको छ । चेल्सीलाई ३-१ ले हराउँदै सिटी अंक तालिकाको चौथो स्थानमा उक्लेको छ । घरेलु मैदानमा सिटीलाई पुनरागमन जित दिलाउन जोस्को ग्यार्डिओल, एर्लिङ हालान्ड र फिल फोडेनले गोल गरे । चेल्सीका नोनी मडोकीले गोल गरे । जितसँगै २३ खेलमा सिटीको ४१ अंक पुगेको छ । १ खेल कम खेलेको लिभरपुल ५३ अंकका साथ शीर्ष स्थानमा छ । चेल्सी २३ खेलमा ४० अंकका साथ छैटौं स्थानमा छ ।

५३ अंकका साथ लिभरपुल शीर्ष स्थानमा रहँदा दोस्रो स्थानमा रहेको आर्सनलको ४७ अंक छ । लिभरपुलले आर्सनलले भन्दा १ खेल कम खेलेको छ । इप्स्विच २३ खेलमा १६ अंकका साथ रेलिगेसन जोनमा छ । प्रिमियर लिगका अन्य खेलमा आर्सनलले उल्भ्सलाई, एभर्टनले ब्राइटनलाई समान १-०, न्युक्यासलले साउथह्यामटनलाई ३-१, बोर्नमाउथले नटिङघम फरेस्टलाई ५-० ले हराएको छ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

6 + five =