खबर दिनभर : वामदेव एमालेमा जाँदै,छविलाल हिरासतमा,बन्धकमुक्त गरिने ३३ जनामा परेनन् विपिन

स्वास्थ्य बिमा सुधारको कार्ययोजना यथाशीघ्र प्रस्तुत गर्न प्रधानमन्त्रीको निर्देशन

प्रधानमन्त्री केपी शर्मा ओलीले स्वास्थ्य बिमा सुधार सुझाव कार्यदलको प्रतिवेदनका आधारमा यथाशीघ्र सुधारको कार्ययोजना बनाउन स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयलाई निर्देशन दिएका छन् ।

सो कार्यदलको प्रतिवेदन र सुझावबारे आइतबार प्रधानमन्त्री निवासमा ब्रिफिङ लिएपछि प्रधानमन्त्री ओलीले निरोगी नेपाल बनाउने लक्ष्यसहित नागरिकलाई सुशिक्षित गराउनुपर्ने र बिरामी भइहालेमा खर्च नभएर उपचार गर्न नपाउने अवस्था हुन नहुने बताए ।

उनले कार्यदलबाट स्वास्थ्य बिमा कार्यक्रमको वस्तुनिष्ठ समीक्षासहित सुझाव दिइएकाले यथास्थितिमा परिवर्तन गरी व्यावहारिक हुनेगरी कार्यक्रमलाई एक साताभित्र कार्ययोजना ल्याउन मन्त्रालयलाई आग्रह गरे ।

स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री प्रदीप पौडेल, कार्यदलका संयोजक डा। शम्भु आचार्य, सदस्यहरु डा।भगवान् कोइराला, डा। रघुराम काफ्ले र सदस्यसचिव डा। सरोज शर्माले प्रधानमन्त्री ओलीलाई स्वास्थ्य बिमा कार्यक्रमको नीतिगत, कानुनी र संरचनागत परिवर्तन गर्नुपर्ने देखिएको ब्रिफिङ गरेका थिए ।

हाल यस कार्यक्रमअन्तर्गत करिब रु ११ अर्ब भुक्तानी गर्न बाँकी छ । कार्यक्रममा कूल जनसङ्ख्याको २७ प्रतिशत नागरिक आबद्ध भएको र आबद्ध भएकामध्ये ४८ प्रतिशतले सेवा लिएको स्थितिमा सबै नागरिकलाई कार्यक्रममा अनिवार्य सहभागी गराउने र निरपेक्ष गरिबीको रेखामुनि रहेका सबै नागरिकको स्वास्थ्य सेवा निःशुल्क गर्नुपर्ने ढाँचामा जान कार्यदलले सुझाव दिएको छ ।

कार्यदलले आधारभूत स्वास्थ्यसेवा र अन्य सामाजिक सुरक्षाका कोषका कार्यक्रमसँग पनि यस कार्यक्रमलाई एकीकरण गर्न सुझाएको छ । सो कार्यदलले गत पुस १४ गते मन्त्रालयलाई प्रतिवेदन बुझाएको थियो ।

एमालेमै फर्किने तयारीमा वामदेव, ओलीसँग गरे छलफल

नेकपा एकता राष्ट्रिय अभियानका संयोजक वामदेव गौतम नेकपा एमालेमा फर्किने भएका छन् ।

आइतबार प्रधानमन्त्री तथा एमाले अध्यक्ष केपी शर्मा ओलीसँग छलफल गरेपछि गौतम एमालेमा फर्कन तयार भएका हुन् ।

उनले आफूसहित आफ्नो समूहमा रहेका सबै नेताहरू एमालेमा प्रवेश गर्ने बताए । उनले प्रधानमन्त्री ओलीबाट छिटै मिति, समय र स्थानको जानकारी आउने बताए ।

यसअघि नेकपा समाजवादीमा प्रवेशका लागि वार्ता चलाएका वामदेवले नेकपा एसमा जाने सबै सम्भावना सकिएको बताए ।

उनले सो पार्टीका अध्यक्ष माधव नेपालले बार्गेनिङ गरेकाले वार्ता सकारात्मक हुन नसकेको बताए ।

पूर्व डीआईजी जोशीको थुनछेक बहस सकिएन,हिरासतमा पठाउन आदेश

काठमाडौं जिल्ला अदालतले गोरखा मिडिया नेटवर्कका पूर्व सञ्चालक एवं पूर्व डीआईजी छविलाल जोशीलाई हिरासतमा पठाउन आदेश गरेको छ ।

काठमाडौंको कालिमाटीस्थित स्वर्णलक्ष्मी सहकारी ठगी प्रकरणमा मुछिएका जोशीको थुनछेक बहस नसकिएपछि उनलाई हिरासतमा पठाउन अदालतले आदेश गरेको हो ।

पोखराको सुर्यदर्शन सहकारी ठगी प्रकरणमा ८८ लाख धरौटीमा रिहा भएका उनीविरुद्ध काठमाडौं जिल्ला अदालतमा पनि मुद्धा दायर भएको थियो । आइतबार उनको थुनछेक बहस नसकिएपछि उनलाई न्यायाधीश ठाकुर प्रसाद खरेलको इजलासले उनलाई हिरासतमा पठाउन आदेश गरिएको हो ।

अब सोमबार बहस सकिएपछि थुनछेक आदेश हुने अदालतले जानकारी दिएको छ।

राष्ट्रिय परिचयपत्र सम्बन्धी विवादको रिट सर्वोच्चले गर्‍यो खारेज

सर्वोच्च अदालतले राष्ट्रिय परिचयपत्र सम्बन्धी विवादमा परेको रिट खारेज गरेको छ । प्रधानन्यायाधीश प्रकाशमान सिंह राउत,न्यायाधीशहरु अब्दुल अजिज मुसलमान र नृपध्वज निरौलाको इजलासले रिट खारेज हुने फैसला गरेको हो ।

सर्वोच्च अदालतले राष्ट्रिय परिचयपत्र सम्बन्धी विवादमा परेको रिट खारेज गरेसंगै सरकारलाई यससम्बन्धी काम गर्ने बाटो खुला भएको छ ।

सरकारले सामाजिक सुरक्षा भत्ता लिन, मोबाइलको सिम कार्ड लिन र सबै सार्वजनिक सेवा लिन राष्ट्रिय परिचयपत्र अनिवार्य गर्ने निर्णय गरेपछि त्यसविरुद्ध रिट दर्ता भएको थियो ।

सर्वोच्चले केही विषयमा भने निर्देशनात्मक आदेश जारी गरेको छ।

प्राधिकरण कार्यकारी प्रमुखको जिम्मेवारी डा.भुसाललाई

राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका सहसचिव डा.भीष्मकुमार भूसाललाई प्राधिकरणको कार्यकारी प्रमुखका रूपमा कामकाज गर्ने जिम्मेवारी दिइएको छ ।

उनलाई यही माघ ४ गते गृहमन्त्रीस्तरको निर्णयअनुसार अर्को व्यवस्था नभएसम्मका लागि प्राधिकरणको कार्यकारी प्रमुखका रूपमा कामकाज गर्ने जिम्मेवारी दिइएको हो ।

विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन नियमावली, २०७६ को नियम ५ (ग) बमोजिम डा।भुसाललाई कार्यकारी प्रमुखको जिम्मेवारी दिइएको हो ।

गत पुस १ गते कार्यकारी प्रमुख अनिल पोखरेलको कार्यकाल समाप्त भएपश्चात् हाल नयाँ कार्यकारी प्रमुख नियुक्तिको प्रक्रिया अगाडि बढेको छ ।

विश्वविद्यालयमा तालाबन्दी र हड्ताल नगर्न शिक्षा मन्त्रालयको निर्देशन

शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालयले विश्वविद्यालयहरूमा तालाबन्दी, बन्द हड्ताल नगर्न निर्देशन दिएको छ । मन्त्रालयले आइतबार विज्ञप्ति जारी गर्दै विद्यार्थी संगठनहरूलाई उक्त निर्देशन दिएको हो ।

विभिन्न पेशागत तथा विद्यार्थी सङ्गठनका नामबाट विभिन्न विश्वविद्यालय अन्तर्गतका क्याम्पस तथा शैक्षिक सेवा प्रवाह गर्ने संस्थाहरूमा तालाबन्दी, हड्ताल लगायतका गतिविधिप्रति मन्त्रालयको गम्भीर ध्यानाकर्षण भएको मन्त्रालयका प्रवक्ता शिवकुमार सापकोटाद्धारा जारी विज्ञप्तिमा उल्लेख छ ।

शान्तिपूर्ण वातावरणमा ज्ञान आर्जन गर्न र सिक्न पाउने अधिकारको हनन हुने गरी शैक्षिक संस्थाभित्र अवरोध नगर्न मन्त्रालयले आग्रह गरेको छ ।

प्रवक्ता सापकोटाद्धारा जारी विज्ञप्तिमा भनिएको छ,‘शिक्षण संस्था शैक्षिक गतिविधि सञ्चालन गर्ने पवित्र स्थल भएका कारण यस्ता संस्थामा हुने कुनै पनि प्रकारका तालाबन्दी र हड्तालले विद्यार्थीको भविष्यमा नकारात्मक प्रभाव पार्ने मात्र नभई विद्यार्थीको शिक्षा प्राप्त गर्ने मौलिक हकको समेत हनन् हुने हुँदा यस प्रकारका गतिविधि शिक्षण संस्थामा नगर्नु नगराउनु हुन सम्बन्धित सवैमा मन्त्रालय हार्दिक अपिल गर्दछ,’।

आवश्यक समन्वय, सहयोग र सहजीकरण गरिदिन स्थानीय प्रशासनलाई मन्त्रालयले आग्रह समेत गरेको छ ।

वरिष्ठ अधिवक्ता त्रिपाठीमाथि कुटपिट आरोपमा थप एक जना पक्राउ

काठमाडौं जिल्ला अदालतमा सहकारी पीडितको पक्षबाट बहस गरेका वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठीमाथि कुटपिट गरेको आरोपमा थप एक जना पक्राउ परेका छन् ।

हुम्लाको अदानचुली गाउँपालिका-४ घर भइ हाल काठमाडौं सूर्यदर्शन हाइट बस्ने ३२ वर्षीय महानन्द जैसी भनिने महेन्द्र पाण्डेलाई आइतबार प्रहरीले पक्राउ गरेको हो ।

उनलाई टोखाबाट पक्राउ गरिएको जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी नवराज अधिकारीले जानकारी दिए । पक्राउ परेका उनीमाथि प्रहरीले अनुसन्धान गरिरहेको छ ।

यसअघि यही माघ २ गते काठमाडौं जिल्ला अदालत अगाडि सडक पार गर्ने क्रममा त्रिपाठीमाथि आक्रमण गर्ने दोलखाको तामाकोशी गाउँपालिका–१ का ४८ वर्षीय ललितकुमार केसीलाई प्रहरीले पक्राउ गरिसकेको छ ।

अदालतबाट बहस गरी सडक पार गर्ने क्रममा कुटपिट भएपछि वरिष्ठ अधिवक्ता त्रिपाठीलाई प्रहरीले उद्धार गरी सुरक्षित स्थानमा लगेको थियो ।

पूर्व डीआईजी जोशीको थुनछेक बहस सकिएन,हिरासतमा पठाउन आदेश

काठमाडौं जिल्ला अदालतले गोरखा मिडिया नेटवर्कका पूर्व सञ्चालक एवं पूर्व डीआईजी छविलाल जोशीलाई हिरासतमा पठाउन आदेश गरेको छ ।

काठमाडौंको कालिमाटीस्थित स्वर्णलक्ष्मी सहकारी ठगी प्रकरणमा मुछिएका जोशीको थुनछेक बहस नसकिएपछि उनलाई हिरासतमा पठाउन अदालतले आदेश गरेको हो ।

पोखराको सुर्यदर्शन सहकारी ठगी प्रकरणमा ८८ लाख धरौटीमा रिहा भएका उनीविरुद्ध काठमाडौं जिल्ला अदालतमा पनि मुद्धा दायर भएको थियो । आइतबार उनको थुनछेक बहस नसकिएपछि उनलाई न्यायाधीश ठाकुर प्रसाद खरेलको इजलासले उनलाई हिरासतमा पठाउन आदेश गरिएको हो ।

अब सोमबार बहस सकिएपछि थुनछेक आदेश हुने अदालतले जानकारी दिएको छ।

सिमेन्ट उत्पादक र निर्माण व्यवसायीहरुबीच सहमति

नेपाल सिमेन्ट उत्पादक संघ र नेपाल निर्माण व्यवसायी महासङ्घसहित अन्य ४ निर्माण कम्पनीबीच सहमति भएको छ ।

सिमेन्ट उद्योगहरूले उत्पादन गरी माग बमोजिम सिमेन्ट सहजै आपूर्ति हुने गरी उत्पादनमा ध्यान दिने उद्देश्यले सिमेन्ट उत्पादक र निर्माण व्यवसायीहरूकाबीच सहमति भएको हो ।

आइतबार उद्योग मन्त्री दामोदर भण्डारी र वाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण विभागका महानिर्देशक राजन पौडेलको उपस्थितिमा नेपाल निर्माण व्यवसायी महासंघ सहितका विभिन्न ४ वटा निर्माण व्यवसायसँग सम्बन्धित व्यावसायीहरुले यस्तो सहमति गरेका हुन् ।

सिमेन्ट उद्योगीहरू र निर्माण व्यवसायीहरूले एक अर्काका समस्याहरूलाई मनन गरी आ आफ्नो स्थानबाट समन्वय र समझदारी विकास गर्दै औद्योगिक उत्पादन र विकास निर्माणका कार्यमा संग सँगै अगाडी बढ्ने भन्ने लगायतका विषयमा छलफलबाट सहमति भएको नेपाल सिमेन्ट उत्पादक संघका एक पदाधिकारीले जानकारी दिए ।

उद्योगहरूमा भईरहेको विद्युत् आपूर्तिको कटौती र लोडसेडिँगलाई अन्त्य गरी निर्बाध रुपमा उद्योग सञ्चालन गर्ने वातावरण मिलाउने विषयमा पनि मन्त्री भण्डारीसँग छलफल भएको थियो ।

मुलुकको अर्थतन्त्र विगतको भन्दा सुधारोन्मुख छ : अर्थमन्त्री

उपप्रधानमन्त्री तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले मुलुकको अर्थतन्त्र विगतको भन्दा सुधारोन्मुख हुँदै गएको र सुधारका प्रयासले नतिजा दिन थालेको बताएका छन् ।

अर्थ मन्त्रालयले आइतबार आयोजना गरेको पत्रकार भेटघाट तथा अन्तरक्रिया कार्यक्रममा अर्थमन्त्री पौडेलले अर्थतन्त्र सुधार हुँदै गएको सूचकहरुले नै देखाएको बताए ।

“हामीले आर्थिक सूचकहरुमा तलमाथि गरेका छैनौँ । सूचक हरियो छ भने हरियो र रातो छ भने रातो नै प्रस्तुत भएको छ । तथ्यले हाम्रो अर्थतन्त्र सुधार हुँदै गएको देखाउँछ”, उनले भने ।

वर्तमान सरकार गठन भएपछि आर्थिक सूचकहरु सुध्रदै गएको अर्थमन्त्री पौडेलले बताए । “आर्थिक परिसूचक अहिलेको भन्दा पहिला नकारात्मक थिए । ती परिसूचकलाई सकारात्मक बनाउन समय लागेको छ र निकै बढी मेहनत गर्नुपरेको छ । ओरालो लागेको अर्थतन्त्रलाई अहिले सकारात्मक दिसामा डो¥याएका छौँ”, उनले भने ।

सरकारले अध्यादेशमार्फत कानुन संशोधन गरे लगत्तै निजी क्षेत्रका छाता सङ्गठनले त्यसको स्वागत गरेको र यसले निजी क्षेत्रलाई अघि बढाउन भूमिका खेलेको उहाँको भनाइ थियो । “पुँजीगत खर्चमा गुणात्मक सुधार गर्न सरकारले काम गरिरहेको छ”, अर्थमन्त्री पौडेलले भने ।

निर्माण व्यवसायीको भुक्तानी नरोकिएको उहाँले उल्लेख गर्नुभयो । “कुनै निर्माण व्यवसायीको भुक्तानी रोकिएको छैन । आजका दिनसम्म कसैले विधिसम्मत रुपमा दाबी गरेको छ भने भुक्तानी भएको छ”, उनले भने ।

सम्पत्ति शुद्धिकरण अनुसन्धान मामलामा ‘नेपाल फाइनान्सिएल एक्सन टाक्सफोर्स’को सम्भावित जोखिम सूचीमा पर्न नदिन नेपाल चनाखो रहेको अर्थमन्त्री पौडेलले बताए।

“सम्पत्ति शुद्धिकरण निवारण मामलामा हामीले गर्नुपर्ने कामको सूची छ । केन्द्रीय कार्यसूची बनाएर काम भइरहेको छ । त्यसलाई हामीले गम्भीरताका साथ कार्यान्वयन गरिरहेका छौँ । आफ्नो प्रतिष्ठा जोगाउँदै जाने विषयमा नेपाल सचेत छ”, अर्थमन्त्री पौडेलले भने ।

बुटवलमा रवि लामिछानेसहित ४२ जनाविरुद्ध मुद्दा दायर

बुटवलको सुप्रिम सहकारीको रकम ठगी प्रकरणमा रास्वपाका सभापति रवि लामिछानेसहित ४२ जनाविरुद्ध मुद्दा दायर भएको छ ।

जिल्ला सरकारी वकिल कार्यालय रुपन्देहीले जिल्ला अदालत रुपन्देहीमा आइतबार मुद्दा दायर गरेको हो ।

लामिछानेसहितलाई मुलुकी फौजदारी अपराध संहिताको ठगी कसुर र संगठित अपराधको कसुरमा मुद्दा दायर गरिएको हो ।

सहकारीको बचत रकम अपचलन गरेको आरोपमा गत कात्तिक २ गते पक्राउ परेका लामिछाने धरौटीमा रिहा भइसकेका छन् ।

उनलाई कास्की जिल्ला अदालत र काठमाडौं जिल्ला अदालतले धरौटीमा छाड्न आदेश दिएको थियो ।

कास्की अदालतले ६५ लाख र काठमाडौं जिल्ला अदालतले ६० लाख धरौटीमा छाड्न आदेश दिएको थियो ।

लामिछानेविरुद्ध रुपन्देहीमा पनि मुद्दा दायर भएपछि अब जिल्ला अदालत रुपन्देहीमा पनि सुनुवाइ हुनेछ । रुपन्देही अदालतले पनि धरौटी, थुना र साधारण तारेख मध्ये एक आदेश दिने छ ।

सरकार ढल्न लाग्यो भन्नु विपक्षीको छटपटी मात्र हो :  प्रदीप ज्ञवाली

नेपाल कम्युनिष्ट पार्टी (एमाले) का उपमहासचिव प्रदीपकुमार ज्ञवालीले अहिलेको सरकार सङ्कटमा पर्‍यो वा छिट्टै ढल्छ भन्ने कुरा विपक्षीलाई छटपटी मात्र भएको बताएका छन् ।

नेकपा ९एमाले० पर्वतले आइतबारदेखि सञ्चालन गरेको तीन दिने प्रशिक्षक प्रशिक्षण कार्यक्रमको उद्घाटन गर्दै उपमहासचिव ज्ञवालीले वर्तमान सरकार २०८४ सालसम्मै टिक्ने दाबी गरे ।

“सरकार ढुक्कसँग तीन वर्षसम्म चल्ने भयो भनेपछि सरकार बाहिर रहेका दललाई छटपटाहट भएको हो”, उनले भने । मुलुकमा देखिएको सङ्कट समाधान गर्नकै लागि दुई ठूला दल एकठाउँमा आएको उल्लेख गर्दै उहाँले नेपाली कांग्रेस र एमालेबीच विशेष सहमति बनेको बताए।

वर्तमान सरकार कुनै पनि सङ्कटमा नपर्ने उपमहासचिव ज्ञवालीको भनाइ थियो । सरकारलाई घेराबन्दीमा पार्नका लागि विभिन्न चलखेल सुरु भए पनि कुनै पनि हालतमा सरकार नडगमडाउने उनले बताए । कांग्रेस र एमाले प्रमुख प्रतिस्पर्धी दल मात्र नभएर एकअर्काका सहयात्री भएकाले मुलुक सञ्चालनका लागि दुवै दल गम्भीर रहेको उनले बताए ।

सरकारले ल्याएको अध्यादेश संविधान अनुसार नै आएको उपमहासचिव ज्ञवालीले बताए । मुलुकमा तत्काल देखिएका समस्या समाधान गर्न अध्यादेश ल्याएको र यसको सरकारको आयुसँग सम्बन्ध नरहेको उनको भनाइ थियो ।

सरकार भ्रष्टाचारका विरुद्ध निर्मम हिसाबले लागेको उनले बताए । भ्रष्टाचार कुनै सिद्धान्त नभई मुलुकका लागि अभिसाप नै भएकाले जुनसुकै पार्टीसँग आबद्ध भएको व्यक्ति भए पनि कारबाहीको दायरमा ल्याएरै छाडिने उपमहासचिव ज्ञवालीले बताए ।

एमाले केन्द्रीय कमिटीको कार्यक्रमअनुसार प्रशिक्षक प्रशिक्षण कार्यक्रम सञ्चालन गरिएको हो । प्रशिक्षणमा एक सयभन्दा बढी नेता तथा कार्यकर्ताको सहभागिता रहेको छ ।

राष्ट्रिय परिचयपत्र सम्बन्धी विवादको रिट सर्वोच्चले गर्‍यो खारेज

सर्वोच्च अदालतले राष्ट्रिय परिचयपत्र सम्बन्धी विवादमा परेको रिट खारेज गरेको छ । प्रधानन्यायाधीश प्रकाशमान सिंह राउत,न्यायाधीशहरु अब्दुल अजिज मुसलमान र नृपध्वज निरौलाको इजलासले रिट खारेज हुने फैसला गरेको हो ।

सर्वोच्च अदालतले राष्ट्रिय परिचयपत्र सम्बन्धी विवादमा परेको रिट खारेज गरेसंगै सरकारलाई यससम्बन्धी काम गर्ने बाटो खुला भएको छ ।

सरकारले सामाजिक सुरक्षा भत्ता लिन, मोबाइलको सिम कार्ड लिन र सबै सार्वजनिक सेवा लिन राष्ट्रिय परिचयपत्र अनिवार्य गर्ने निर्णय गरेपछि त्यसविरुद्ध रिट दर्ता भएको थियो ।

सर्वोच्चले केही विषयमा भने निर्देशनात्मक आदेश जारी गरेको छ।

लिम्पियाधुराबारे त्रिदेशीय सहमति कायम गर्न माग गर्दै क्रान्तिकारी नेकपाको प्रदर्शन

क्रान्तिकारी कम्युनिष्ट पार्टी नेपालले लिम्यिाधुराको विषयमा त्रिदेशीय सहमति कायम गर्न माग गर्दै प्रदर्शन गरेको छ । आइतबार दिउँसो क्रान्तिकारी कम्युनिष्ट पार्टी नेपालका नेतारकार्यकर्ताहरु रत्नपार्कमा भेला भइ ब्यानरसहित प्रदर्शन गरेका हुन् ।

उनीहरुले एमसिसी सम्झौता, संविधान संशोधन, लिम्यिाधुराको विषयमा भारत–चीनबीच भएको दुई पक्षिय सहमति तथा संस्थागत भ्रष्टाचारको बिरुद्ध बिरोध र्‍याली निकालेका हुन् ।

उनीहरुले र्‍यालीमा लिम्पियाधुरामा त्रिदेशीय सहमति कायम गर, संविधान संशोधन होइन, खारेज गर लगायतका नारा लगाएका थिए ।

कोशीका पूर्वमुख्यमन्त्री उद्धव थापामाथि कुटपिट

कोशी प्रदेशका पूर्वमुख्यमन्त्री उद्धव थापामाथि आक्रमण भएको छ । उनीमाथि शनिबार साँझ कनकाई नगरपालिकाको जुकेखाडी स्थित पूर्वपश्चिम राजमार्गमा आक्रमण भएको हो ।

आक्रमणबाट थापा घाइते भएका छन् । उनको आँखामा चोट लागेको छ । उनको बिर्तासिटी अस्पतालमा उपचार भइरहेको छ । नेपाल प्रेस युनियन झापाले दोमुखामा आयोजना गरेको वार्षिक साधारणसभाबाट फर्कंदै गर्दा उनीमाथि आक्रमण भएको थियो ।

विद्युत प्राधिकरण सुरुङ्गाका कर्मचारी चढेको बा।१ झ १८७० नम्बरको गाडीलाई थापा चढेको बा १ झ ६५३ नम्बरकोगाडीले ओभरटेक गर्न खोजेपछि विवाद भएको थियो । थापाको सुरक्षामा खटिएका सुरक्षाकर्मीले ‘भीआईपी’ भनेर जानकारी गराउँदै गर्दा एक युवकले मुक्का प्रहार गरेका थिए ।

कुटपिटमा संलग्न भएको भन्दै प्रहरीले दुई जनालाई पक्राउ समेत गरेको छ । पक्राउ पर्नेमा शिवसताक्षी नगरपालिका ११ का ४९ वर्षीय भक्तबहादुर कटुवाल र कनकाई नगरपालिका ३ का ४२ वर्षीय पृथ्वी श्रेष्ठ रहेका छन् । उनीहरूलाई इप्रका बिर्तामोडमा राखिएको छ ।

नेपाली कांग्रेस झापाले घटनाको निन्दा र भत्सर्ना गरेको छ । नेपाली कांग्रेस झापा सचिव नवीन विमलीले सांघातिक आक्रमण गर्ने कटुवाल र श्रेष्ठलाई कानुनी कारबाहीको माग गरेका छन् । बिहान पत्रकार सम्मेलन गरेर घटनाको थप जानकारी गराइने बताइएको छ ।

आइतबार घट्यो सुनको मूल्य

नेपाली बजारमा साताको पहिलो कारोबार दिन सुनको मूल्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज ९आइतबार० सुनको मूल्य प्रतितोला ८ सय रुपैयाँले घटेको हो ।

छापावाल सुन प्रतितोला १ लाख ५७ हजार १ सय रुपैयाँमा कारोबार भईरहेको छ । अघिल्लो कारोबार दिन शुक्रबार सुन प्रतितोला १ लाख ५७ हजार ९ सय रुपैयाँमा कारोबार भएको थियो ।

चाँदी प्रतितोला ३० रुपैयाँले घटेर प्रतितोला १ हजार ८ सय ६० रुपैयाँमा कारोबार भईरहेको छ । शुक्रबार चाँदी प्रतितोला १ हजार ८ सय ९० रुपैयाँमा कारोबार भएको थियो ।

२६ सयको अङ्कमा पुग्यो नेप्से परिसूचक

नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक आज (आइतबार) दुई हजार छ सय अङ्कभन्दा माथि उक्लिएको छ । आजको कारोबारपछि परिसूचक शून्य दशमलव ४८ प्रतिशत अर्थात् १२ दशमलव ५८ अङ्कले बढेर दुई हजार छ सय एक दशमलव २१ अङ्कमा पुगेको हो ।

आज विभिन्न तीन सय २५ कम्पनीका एक करोड २९ लाख ८२ हजार छ सय १९ कित्ता शेयर ७२ हजार पाँच सय ४० पटक खरिद बिक्री हुँदा रु छ अर्ब २५ करोड ७२ लाख ३५ हजार छ सय २४ मा कारोबार भएका छन् । आजको कारोबारपछि बजारपुँजीकरण रु १४ खर्ब ३९ अर्ब ९८ करोड ९६ लाख ४७ हजार नौ सय ३२ पुगेको छ ।

आज बोटलर्स नेपाल ९बालाजु० लिमिटेडको शेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ । साथै विन नेपाल लघुवित्त वित्तीय संस्था लिमिटेडको शेयर मूल्य नौ दशमलव ०९, साम्लिङ पावर कम्पनीको शेयर मूल्य सात दशमलव ४६, नेपाल रिपब्लिक मिडिया लिमिटेडको शेयर मूल्य सात दशमलव ३७ प्रतिशतले बढेको छ ।

साथै सुपर मादी हाइड्रोपावर लिमिटेडको शेयर मूल्यमा नकारात्मक सर्किट लागेको छ । त्यसैगरी एनआइसी एसिया सेलेक्ट फण्ड ३० को शेयर मूल्य छ दशमलव ९३ प्रतिशत, रिभर फल्स पावर लिमिटेडको ६ दशमलव ४५ प्रतिशतले घटेको छ ।

हमासद्धारा पहिलो चरणमा बन्धक मुक्त गर्ने ३३ जनाको नामावली सार्वजनिक,अटाएनन् विपिन

हमास नियन्त्रणबाट मुक्त हुने ३३ बन्धकको सुची सार्वजनिक गरिएको छ । इजरायलसंगको युद्धविराम सम्झौताको पहिलो चरणअन्तर्गत हमासले उक्त संख्यामा बन्धकको सुची सार्वजनिक गरेको हो ।

सम्झौताअनुसार आइतबार तीन महिला बन्धक रिहा गर्ने हमासको घोषणासँगै युद्धविराम सम्झौता कार्यान्वयन सुरु भएको छ । सो सम्झौताअन्तर्गत पहिलो चरणमा इजरायलले तत्काल रिहा गर्नुपर्ने ३३ जनाको सूची हमासलाई बुझाएको थियो भने हमासले रिहाइको प्रतिबद्धता जनाएको थियो ।

रिहा हुने तीन महिलामा ३१ वर्षकी भेटनरी नर्स, सुपरनोभा फेस्टिभलका क्रममा बन्धक बनाइएकी २४ वर्षकी युवती र ब्रिटिस इजरेली दोहोरो नागरिकता रहेकी २८ वर्षकी युवती रहेको जनाइएको छ।

पाँच दिनअघि १५ जनवरी २०२५ मा कतार, अमेरिका र इजिप्टको प्रयासमा इजरायल र प्यालेस्टायनबीच युद्धविराम सम्झौता भएको थियो ।

युद्धविरामको पहिलो चरणअन्तर्गत आगामी ६ साताको अवधिमा हमासले ती ३३ बन्धक रिहाइ गर्ने जनाएको छ । तर, त्यो सुचीमा नेपालका विपिन जोशीको नाम समावेश गरिएको छैन ।

अध्ययनको शिलशिलामा इजरायलमा रहेका विपिनलाई ७ अक्टोबर २०२३ मा हमासले दक्षिणी इजरायलबाट बन्धक बनाएको थियो । त्यसयता उनको अवस्था अज्ञात छ ।

नेपाललाई हराउँदै भारतले जित्यो महिलातर्फको खो-खो विश्वकपको उपाधि

भारतमा जारी महिलातर्फको खो-खो विश्वकपको उपाधि भारतले जितेको छ ।

आइतबार घरेलु मैदानमा भएको फाइनल खेलमा नेपाललाई ७८-४० अंकले हराउँदै भारतले महिलातर्फको उपाधी हात पारेको हो ।

नेपाली महिला राष्ट्रिय खो-खो टोलीले युगान्डालाई पराजित गर्दै विश्वकप प्रतियोगिताको फाइनलमा पुगेको थियो । नेपालले सहभागिता जनाउने खेलअन्तर्गत विश्वकपको फाइनलमा पुगेको यो पहिलो ऐतिहासिक सफलता हो ।

भारतको नयाँ दिल्लीस्थित इन्दिरा गान्थी इन्डोर खेल मैदानमा शनिवार भएको सेमिफाइनल खेलमा नेपालले युगान्डालाई ८९–१८ ले पराजित गर्दै प्रतियोगिताको फाइनलमा पुगेको थियो । नेपालको महिला टोली अपराजित रहँदै फाइनल पुगेको थियो ।

खो-खो विश्वकपको पुरुषतर्फ पनि उपाधिका लागि नेपाल र भारत नै प्रतिस्पर्धामा छन् ।

भारतको बिहारमा डुङ्गा पल्टिँदा तीन जनाको मृत्यु

भारतको पूर्वी राज्य बिहारमा आइतबार एक डुङ्गा पल्टिँदा कम्तीमा तीन जनाको मृत्यु हुनुका साथै अन्य चार जना बेपत्ता भएका अधिकारीहरूले बताएका छन् ।

बिहारको राजधानी पटनाबाट करिब ३२५ किलोमिटर पूर्वमा कटिहार जिल्लाको मनिहारी क्षेत्रमा रहेको गङ्गा नदीमा डुङ्गा पल्टिएको हो । अधिकारीहरुका अनुसार केही मानिसहरु पौडी खेलेर सुरक्षित स्थानमा पुगेका थिए ।

एक प्रहरी अधिकारीले भने,“आज यहाँको गङ्गा नदीमा १७ जना बोकेको डुङ्गा पल्टिएको छ । हामीले तीन जनाको शव निकालेका छौँ र चारजना बेपत्ता छन्, जसको खोजी कार्य जारी छ ।”

प्रहरीका अनुसार मारिनेहरू स्थानीय किसानहरू हुन्, जसले बिहान आफ्नो खेतमा पुग्न डुङ्गा प्रयोग गरेका थिए । बेपत्ताहरुको खोजी कार्य जारी रहेको अधिकारीहरुले बताएका छन् ।

भारतमा डुङ्गा पल्टिने घटनाहरू सामान्य छन् । यहाँ धेरै मानिसहरू विशेष गरी ग्रामीण क्षेत्रका मानिसहरूले परम्परागत रूपमा बनाइएका डुङ्गाहरूलाई यातायातको माध्यमको रूपमा प्रयोग गर्छन् ।

अमेरिकी सर्वोच्च अदालतद्वारा टिकटकमाथिको प्रतिबन्ध सदर

अमेरिकी सर्वोच्च अदालतले बाइटडान्सलाई अमेरिकी कम्पनीलाई टिकटक बेच्न बाध्य पार्ने कानूनलाई समर्थन गरेको छ । अन्यथा लोकप्रिय एप टिकटक आजदेखि प्रतिबन्धको सामना गर्नेछ ।

जुन अमेरिकी राष्ट्रपति निर्वाचित डोनाल्ड ट्रम्पको शपथग्रहणको एक दिन अघि हो । अदालतले डिसेम्बरमा भएको फैसलालाई उल्लेख गरिरहेको थियो । सर्वोच्च अदालतको फैसलाको बाबजुद बाइडेनले टिकटकमा प्रतिबन्ध लागू गर्ने सम्भावना छैन ।

निर्णय आगामी डोनाल्ड ट्रम्प प्रशासनले गर्नेछ । ट्रम्पले हालै सर्वोच्च अदालतलाई वार्ता समाधानको लागि समय दिन टिकटक प्रतिबन्ध ढिलाइ गर्न आग्रह गरेका थिए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

three × 4 =