पाँचतारे मर्क्युर होटलको उद्घाटन (भिडिओ)

काठमाडौं । काठमाडौंको सुकेधारा हाइटमा निर्माण गरिएको पाँचतारे मर्क्युर होटलको उद्घाटन गरिएको छ । आज बुधवार एक विशेष कार्यक्रमको आयोजना गरेर पाँचतारे मर्क्युर होटलको उद्घाटन गरिएको हो ।

युवा व्यवसायी देशबन्धु बस्नेतले ३ अर्ब रुपैयाँभन्दा बढी लगानीमा सञ्चालन गरेको पाँचतारे मर्क्युर होटलको प्रधानमन्त्री केपी शर्मा ओलीले रिबन काटेर उद्घाटन गरेका हुन् । उद्घाटन समारोहमा मर्क्युर होटलका सञ्चालक तथा अध्यक्ष बस्नेतका बुवा–आमाको पनि सहभागिता रहेको थियो ।

सुकेधारा हाइटमा सञ्चालनमा रहेको मर्क्युर होटल फ्रान्सेली ब्रान्डको पहिलो पाँचतारे अत्याधुनिक सुविधा सम्पन्न होटल हो ।

स्थानीय जनशक्तिका लागि रोजगारी र बाह्य पर्यटक भित्र्याउने लक्ष्य लिएको मर्क्युर होटल नेपालमा पर्यटन विकाशको कोशेढुंगा बन्ने विश्वास गरिएको छ ।

होटलको उद्घाटन कार्यक्रममा बोल्दै मर्क्युर होटलका सञ्चालक तथा अध्यक्ष देशबन्धु बस्नेतले मर्क्युर होटल भवन मात्रै नभएर देशको आतिथ्य र संस्कृतिको सङ्गम रहेको बताए । उनले होटलमा देशको पहिचान र संस्कृति झल्काउने प्रयास गरेको बताए । मर्क्युर होटलका सेवा सुविधाबारे जानकारी गराएका थिए ।

अध्यक्ष बस्नेतले मर्क्युर होटलको माध्यमबाट देशको पर्यटनको विकासमा योगदान दिने बताए । प्रधानमन्त्री ओली समेत सहभागी रहेको कार्यक्रममा अध्यक्ष बस्नेतले सरकारले लगानीको वातावरण बनाइदिएको धन्यवाद ज्ञापन गरे ।

मर्क्युर होटलको उद्घाटन गर्दै प्रधानमन्त्री ओलीले फ्रान्सेली पर्यटकलाई नेपाल भ्रमण गराउन होटेलले योगदान गर्ने विश्वास व्यक्त गरे । उनले होटेल व्यवसायमा मर्क्युर होटलले नयाँपन दिँदै यस व्यवसायलाई प्रोत्साहन पुग्ने बताए । उनले अन्तर्राष्ट्रिय स्तर ब्रान्डको मर्क्युर होटल स्थापनाले नेपालमा होटल इन्डस्ट्रीको विकास क्रम अघि बढेको प्रमाण भएको उल्लेख गरे ।

मर्क्युर काठमाडौं होटल, नेपालको होटल क्षेत्रको इतिहासमा नयाँ ब्रान्ड हो । सुकेधारा हाइटमा निर्माण गरिएको पाँचतारे मर्क्युर होटलमा ४०० जना अट्ने ब्यान्क्वेट, स्विटसहित ४ प्रकारका रुम छन् । ११ तले रहेको यस होटेलमा १ सय ४ वटा विलासी कोठाहरू रहेका छन् ।

जिम, स्टिम, सौनालगायत फिटनेसको समेत व्यवस्था गरिएको यस होटलको छतमा स्विमिङ पुलसहितको बारको व्यवस्था गरिएको छ ।

यहाँबाट हिमालय र काठमाडौं उपत्यकाको मनोरम दृश्य अवलोकन गर्न सकिन्छ । ६ रोपनी क्षेत्रफलमा फैलिएको मर्क्युर होटलले प्रत्यक्ष र अप्रत्यक्ष गरी १८० देखि २२० जनालाई रोजगारी दिएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

fifteen + 5 =