काठमाडौँमा आज यस वर्षको अहिलेसम्मकै चिसो

काठमाडौं । उपत्यकाको तापक्रम यो वर्ष पहिलो पटक सबैभन्दा न्यून बिन्दुमा पुगेको छ । मंसिर २८ गते बिहानको मापन अनुसार, उपत्यकाको न्यूनतम तापक्रम ३.४ डिग्री सेल्सियसमा झरेको छ । यो यसवर्षकै हालसम्मको न्यून तापक्रम हो ।

अब तापक्रम तल झर्दै चिसो अझै बढ्ने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । ‘बिहान बिहान ५ः४५ बजे ३.४ डिग्री सेल्सियस तापक्रम मापन गरिएको छ,’ मौसमविद् विनु महर्जनले भनिन्, ‘यो तापक्रम यो वर्षका लागि हालसम्मको न्यून हो ।’ बिहीबार काठमाडौंको न्यूनतम तापक्रम ३.९ डिग्री सेल्सियस थियो ।

उनले उपत्यकाका साथै देशभर नै तापक्रम घट्दै गएको र चिसो क्रमशः तीव्र भइरहेको जानकारी दिए । चिसो मौसमको प्रभावले दैनन्दिन गतिविधिमा समेत असर पर्न सक्ने भन्दै सतर्कता अपनाउन सुझाव दिइएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

six + 15 =