वर्षा बस्नेत बनिन् टिभिएस मोटोसोलमा १२५सीसी स्कुटर डर्ट रेसकी विजेता

काठमाडौँ । वर्षा बस्नेतले टीभीएस मोटोसोल २०२४को १२५ सीसी स्कुटर डर्ट रेस श्रेणीमा उपाधि हात पार्न सफल बनेकी छिन् ।

टीभीएस मोटोसोल एक अन्तर्राष्ट्रिय स्तरको मोटरसाइकल महोत्सव हो । विगत ३ संस्करणदेखि चौथौँ संस्करण सम्म आइपुग्दा यसले मानिस र मेसिन बिचको सम्बन्धलाई केन्द्रमा राखेर संसारभरका मोटर राइडिङ समुदायहरूलाई एकै ठाउँमा उभ्याउँदै आइरहेको कम्पनीको जानकारी दिएको छ ।

‘टीभीएस मोटोसोल, ईट्स मोर देन अ फेस्टिभल, ईट्स ए फिलिंग’, भन्ने नारासहित आयोजित यो महोत्सवको यो चौथौँ संस्करण हो । महोत्सवले गोवाको भव्य वागाटोर समुद्र किनारलाई थ्रिल, रोमाञ्चकता र असीमित उत्साहले भरिदिएको आयोजकहरूले जानकारी दिएको छ ।

महोत्सवको यस चौथौँ संस्करणले मोटरसाइकल राइडिङ, थ्रिलिङ रेसहरू, नवीनतम कस्टम मोटरसाइकल सार्वजनिक कार्यक्रम, तथा राइडिङ संस्कृतिको विविध पाटोहरूलाई उत्सवका रुपमा मनाउने अवसर प्रदान गरेको छ । विभिन्न मुलुकका मोटर राइडिङ समुदायहरूको सहभागिता रहेको यस महोत्सवले मोटर स्पोर्ट्सका नयाँ प्रतिभाहरूलाई अगाडि ल्याउने थलोको रूपमा आफूलाई स्थापित गर्दै गइरहेको कम्पनीले जनाएको छ ।

वर्षा बस्नेतको यस अद्वितीय सफलताले नेपाललाई अन्तर्राष्ट्रिय मोटरस्पोर्ट्सको नक्सामा झन् मजबुत रूपमा प्रस्तुत गरेको कम्पनीले जनाएको छ । टिभिएस मोटोसोलको चौथो संस्करणमा सहभागी भई, उनले आफ्नो साहस, प्रतिबद्धता र कौशल प्रदर्शन गर्दै नेपाली युवाहरूका लागि प्रेरणाको स्रोत बनेको कम्पनीले जनाएको छ ।

टिभिएस मोटोसोलका आयोजकहरूले महोत्सवको सफलताका लागि आभार व्यक्त गर्दै भने, ‘यो महोत्सव केवल रेसिङ र इभेन्टको बारेमा मात्र नभई मानिस र मेसिनको अमिट सम्बन्धको उत्सव हो । यो भावना हाम्रो हरेक संस्करणमा झल्किन्छ, र यस वर्ष वर्षा बस्नेतजस्ता प्रतिभाहरूले यसलाई अझ विशेष बनाइदिएका छन् ।’

टिभिएस मोटोसोल आगामी वर्षहरूमा पनि यस्तै रोमाञ्चक र प्रभावशाली संस्करणहरू प्रस्तुत गर्दै मोटरस्पोर्ट र मोटरसाइकल राइडिङको क्षेत्रलाई नयाँ उचाइमा पुर्याउन प्रतिबद्ध रहेको आयोजकले बताए ।

 

 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

twelve − eleven =