जितको लयमा फर्कियो सिटी, रोकियो लिभरपुल

काठमाडौँ । इंग्लिश प्रिमियर लिग फुटबलमा पेप ज्वार्डिवला नेतृत्वको म्यान्चेस्टर सिटीले उत्कृष्ट पुनरागमन गरेको छ । म्यान्सिटीले घरेलु मैदानमा नटिङघम फरेस्टविरुद्ध ३-० को सहज जित निकाल्दै पुनरागमन गरेको हो ।

म्यान्सिटीलाई विजयी गराउन बर्नार्डो सिल्भा, केभिन डे ब्रायन र जेरेमी डुकुले गोल गरे । लगातारको असफलताले प्रताडित ज्वार्डिवलाले बुधबार राति राहत महसुस गरे । यो जितले म्यान्चेस्टर सिटीलाई शीर्ष चारमा उकालेको छ । उसको १४ खेलबाट २६ अंक भएको छ ।

अर्को खेलमा लिभरपुलले ९० औं मिनेटमा गोल खाएपछि न्युकासल युनाइटेडसँग ३-३ को सनसनीपूर्ण र रोमाञ्चक बराबरीमा रोकिएको छ । यो बराबरीपछि चेल्सी र आर्सनल शीर्ष स्थानबाट सात अंकको दूरीमा आएका छन् । चेल्सीले १० खेलाडीमा सीमित साउथह्याम्पटनलाई ५-१ ले हरायो र गोल अन्तरले दोस्रो स्थानमा उक्लिन सफल रह्यो । आर्सनलले भने अर्को खेलमा म्यानचेस्टर युनाइटेडलाई २-० ले पराजित गर्‍यो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

4 × two =