नेपाल डिपिद्वारा एनपिएलको लागि लुम्बिनी लायन्ससँग सम्झौता

काठमाडौँ । नेपाल डिपि लिमिटेड, एक निक्षेप सदस्य (DP) कम्पनी, (१० स्टक ब्रोकिङ्ग कम्पनीहरूले प्रवर्द्धन गरेको पब्लिक कम्पनी) ले आगामी नेपाल प्रिमियर लिग (NPL) २०८१ को लागि लुम्बिनी लायन्स फ्रेंचाइजसँग साझेदारी गरेको छ ।
नेपाल डिपि लिमिटेड फ्रेंचाइजको आधिकारिक क्यापिटल मार्केट (Share Market) पार्टनर हुनेछ । सम्झौतामा हस्ताक्षर नेपाल डिपि लिमिटेडका प्रमुख कार्यकारी अधिकृत अञ्जन राज पौड्याल र लुम्बिनी लायन्सका क्रिकेट म्यानेजर राज जंग थापाको उपस्थितिमा भएको थियो ।
प्रायोजनको उद्देश्य नेपाली क्रिकेटलाई प्रवर्द्धन गर्नुका साथै विशेष गरी युवा पुस्ता एवं नेपाली जनमानसमा क्यापिटल मार्केट को बारेमा जनचेतना सिर्जना गर्नु रहेको कम्पनीले जनाएको छ ।
नेपाल डिपि लिमिटेडले यसको प्रवर्द्धक स्टक ब्रोकिङ्ग कम्पनीहरूको सहयोगमा एक वित्तीय साक्षरता छलफल कार्यक्रम (Panel Discussion Program) आयोजना गर्नेछ । कम्पनीले नेपाल प्रिमियर लिगको अवधिमा आफ्ना सेवाहरूमा विशेष योजनाहरू पनि घोषणा गर्ने कम्पनीले जनाएको छ ।
लुम्बिनी लायन्स फ्रेंचाइजको नेतृत्व नेपाल राष्ट्रिय क्रिकेट टोलीका कप्तान रोहित पौडेलले गर्दैछन । फ्रेंचाइजको सबैभन्दा ठूलो अन्तर्राष्ट्रिय खेलाडी आईपीएल (IPL) ई.सं. २०१६ विजेताका बेन कटिङ, पूर्व U-19 वल्र्डकप विजेता क्यानडाका कप्तान उन्मुक्त चन्द, साद बिन जाफर, इंगल्याण्डका टम मुअर्स र वेस्ट इन्डिजका रेयमन्ड सिमन्स छन् । सन्दीप जोरा, विवेक यादव र सूर्या तामाङ राष्ट्रिय स्टारहरू हुन ।
नेपाल प्रिमियर लिगमा आठ फ्रेंचाइजहरूमा सहभागी हुनेछन् र लुम्बिनी लायन्सले २०८१ मंसिर १९ मा विराटनगर किङ्ससँग पहिलो खेल खेल्नेछ ।








