अपडेट

मर्स्याङ्दी बस दुर्घटना : २९ जनाको उद्धार, ११ यात्रु अचेत

काठमाडौं । पृथ्वी राजमार्ग अन्तर्गत तनहुँको आँबुखैरेनी नजिकै मर्स्याङ्दी नदीमा भएको बस दुर्घटनाका घाइतेको उद्धार भइरहेको छ ।

हालसम्म २९ जनाको उद्धार भएको छ भने ११ यात्रु अचेत अवस्थामा रहेका छन् ।

तनहुँका प्रहरी नायव उपरीक्षक दीपककुमार रायका अनुसार उद्धारको काम जारी छ ।

आँबुखैरेनी गाउँपालिका–२ स्थित ऐना पहरामा युपी ५३ एफटी ७६२३ नम्बरको भारतीय नम्बर प्लेटको बस बस खसेको थियो ।

बसमा भारतीय पर्यटक रहेका थिए । उनीहरू पोखराबाट काठमाडौं आउँदै थिए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

twelve + 2 =