सरकारले संवैधानिक अधिकार कमजोर पार्छ भन्ने हल्लाको पछि नलाग्नूस् : उपप्रधानमन्त्री सिंह

काठमाडौँ । उपप्रधानमन्त्री तथा सहरी विकासमन्त्री प्रकाशमान सिंहले सत्तारुढ गठबन्धनले संवैधानिक अधिकारलाई कमजोर पार्छ भन्ने हल्लाको पछाडि नलाग्न सबैलाई आग्रह गरेका छन् ।

प्रमुख प्रतिपक्ष दल नेकपा (माओवादी केन्द्र) ले काँग्रेस–एमाले गठबन्धन सरकारले संघीयता र समावेशितालाई कमजोर बनाउनका लागि संविधान संशोधन गर्ने सहमति गरेको आरोप लगाइरहेका बेला उपप्रधानमन्त्री सिंहले त्यस्तो हल्लाको पछि लाग्न नहुने बताएका हुन् ।

नेवास् सम्पर्क समूह, रामेछापले सोमवार काठमाडौंमा आयोजना गरेको एक कार्यक्रममा बोल्दै उनले सामान्य विवेक भएको नागरिकले पनि आफैँले लडेर ल्याएको संवैधानिक अधिकारलाई काँग्रेस–एमालेले कमजोर बनाउँछन् भन्दा नपत्याउने जिकिर गरे । जनतालाई अधिकार दिलाउनका लागि लडेको काँग्रेस–एमालेले सरकारमा जाँदाखेरि आफैँले लडेर ल्याएको अधिकारलाई कमजोर पार्ने भन्ने त हुनै नसक्ने उपप्रधानमन्त्री सिंहले तर्क थियो ।

उनले सत्तारुढ गठबन्धनले संविधान संशोधनको नारा जनताको अधिकारलाई कमजोर बनाउनका लगाएको भन्ने भनाइमा कुनै सत्यता नरहेको पनि बताए । उपप्रधानमन्त्री सिंहले भूकम्प र कोभिडका कारण थिलथिलो भएको मुलुकको आर्थिक गतिविधिलाई अघि बढाउन सरकार अघि बढिरहेको बताए ।

उनले भने ‘अहिले यो वर्तमान सरकारको जुन कम्पोजिशनमा काँग्रेस र एमाले छ । यो त दुवै पार्टीले जनतालाई अधिकार दिलाउनका लागि लडेको यो पार्टीले सरकारमा जाँदाखेरि आफैँले लडेर ल्याएको अधिकारलाई कमजोर पार्ने भन्ने त हुँदै हुँदैन । त्यसो भएको कारणले हामी सबैले सोच्ने विवेक हामीमा छ । त्यसलाई हामीले प्रयोग गर्नु पर्छ । हल्लाको पछाडि लागेर हामी कहीँ पनि पुग्नेवाला छैनौँ भन्ने कुरामा पनि हामीले ध्यान दिनुपर्छ भन्ने मलाई लागेको छ ।’

त्यस अवसरमा उपप्रधानमन्त्री सिंहले नेवाः समुदायले आफ्नो भाषा र संस्कृतिको संरक्षणमा खेल्दै आएको भूमिकाको पनि खुलेर प्रशंसा गरे ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

one × two =