बुङ्गलमा पहिरोमा एकै परिवार चार जनाको मृत्यु, सबैको परिचय खुल्यो (अपडेट)
२०८१ भदौ ३ गते

काठमाडौं । बझाङको बुङ्गल नगरपालिका-१० टुमेडामा पहिरोले घर पुर्दा एकैपरिवारका ४ जनाको मृत्यु भएको छ । आइतबार मध्यराति पहिरोले विरा धामीको घर पुरिँदा ४ जनाको मृत्यु भएको हो ।
पहिरोमा परी विराकी ५५ वर्षीया श्रीमती काली धामी, जेठी बुहारी २८ वर्षीया गोल्की धामी, नातिनी ६ वर्षीया आशिका धामी र ३ वर्षकी लक्ष्मी धामीको मृत्यु भएको इलाका प्रहरी कार्यालयका बुङ्गलका सई वीरसिंह ठगुन्नाले जानकारी दिए ।
उनका अनुसार चारै जनाको शव घरभित्र पुरिएको अवस्थामा फेला परेको थियो । विरासहित ९ जनाको परिवारका अन्य ५ जना सकुशल रहेका छन् ।
२०८१ भदौ ३ गते
प्रतिक्रिया
सम्बन्धित








