पदमुक्त भएपछि निजी निवास पुगे प्रचण्ड, आजै भएको थियो सरसफाइ
२०८१ असार २८ गते

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड निजी निवास खुमलटार गएका छन् ।
राष्ट्रपति रामचन्द्र पौडेल भेट्न शीतल निवास पुगेका प्रचण्ड त्यहाँबाट सिधै खुमलटार गएका हुन् ।
संसद्बाट विश्वासको मत गुमाए लगत्तै प्रचण्ड शीतल निवास पुगेका थिए ।
प्रधानमन्त्री प्रचण्ड शीतल निवासबाट बालुवाटार नगई सिधै खुमलटारस्थित निजी निवास गएका हुन् ।
आज बिहान मात्रै प्रचण्ड निवासको सरसफाइ गरिएको थियो ।
२०८१ असार २८ गते
प्रतिक्रिया
सम्बन्धित








