पहिरोमा परी त्रियुगामा एक बालिकाको मृत्यु, दुईजना घाइते
२०८१ असार २५ गते

गाईघाट । गएरातिदेखिको निरन्तर वर्षाका कारण त्रियुगा नगरपालिका–१५ तोरीबारीमा पहिरोमा परी एकजनाको मृत्यु भएको छभने अन्य दुईजना घाइते भएका छन् ।
जिल्ला प्रहरी कार्यालयका अनुसार आठ वर्षका रुपकला मगरको मृत्यु भएको तथा ४० वर्षीया हीरामाया मगर र निजका सात वर्षीय छोरा योगेश मगर घाइते भएका हुन् । गम्भीर भएका उनीहरूको स्थानीय अस्पतालमा उपचार भइरहेको छ ।
तोरीबारीमा पहिरोले चार घर पुरेको छभने अन्य पाँच घर उच्च जोखिममा छन् ।
२०८१ असार २५ गते
प्रतिक्रिया
सम्बन्धित








