सेञ्चुरी बैंकका तत्कालीन अध्यक्षसहित ८ जना पक्राउ
२०८१ जेठ २८ गते

काठमाडौं । सेञ्चुरी कमर्शियल बैंकका तत्कालीन अध्यक्ष राजेश श्रेष्ठसहित ८ जना पक्राउ परेका छन् ।
आज केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) को टोलीले अध्यक्ष श्रेष्ठसहित ८ जनालाई पक्राउ गरिएको ब्यूरोका प्रवक्ता एसपी होबिन्द्र बोगटीले जानकारी दिए ।
उनीहरुलाई कमसल धितोमा कर्जा प्रवाह गरेको आरोपमा सीआर्ईबीले पक्राउ गरेको हो ।
यसअघि गत गत फागुन १५ गते धितोभन्दा बढी कर्जा दिएको आरोपमा तत्कालीन सेञ्चुरी बैंकका सीईओसहित १० जना पक्राउ परेर छुटेको थिए ।
ब्यूरोले बैंकका तत्कालीन सीईओहरु मनोज न्यौपाने र तुलसी गौतमसहित पक्राउ परेकाहरुलाई अनुसन्धानपछि हाजिरी जमानीमा छाडेको थियो ।
यद्यपि अहिले भने सेञ्चुरी बैंक प्रभु बैंकमा गाभिइसकेको छ ।
२०८१ जेठ २८ गते
प्रतिक्रिया
सम्बन्धित








