प्रतिनिधि सभामा सरकारको वार्षिक प्रतिवेदन पेश

काठमाडौँ । नेपाल सरकारको वार्षिक प्रतिवेदन, आ. व. २०७९/८० प्रतिनिधि सभा बैठकमा पेश गरिएको छ ।

सोमवार बसेको प्रतिनिधि बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहालकोतर्फ सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले सो प्रतिवेदन पेश गरेकी हुन् ।

नेपालको संविधानको धारा ५३ एवं सुशासन व्यवस्थापन तथा सञ्चालन ऐन २०६४ को दफा ४१ मा नेपाल सरकारको वार्षिक प्रतिवेदन प्रतिनिधि सभामा पेश गर्ने व्यवस्था छ । सोही अनुसार सो प्रतिवेदन पेश गरिएको सञ्चारमन्त्री शर्माले बताइन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

19 − 6 =