सिभिल अस्पतालले माग्यो १२८ कर्मचारी (सूचनासहित)

काठमाडौं । निजामती कर्मचारी अस्पतालले नवौँदेखि चौथो तहसम्मका विभिन्न पदमा १२८ जना कर्मचारी मागेको छ । शुक्रबार विज्ञापन सार्वजनिक गर्दै अस्पतालमा रिक्त रहेका विभिन्न पदहरूमा स्थायी पदपूर्तिका लागि दरखास्त आह्वान गरेको हो ।

अस्पतालले सिनियर रजिस्ट्रार, रजिस्ट्रार, वरिष्ठ डेन्टल सर्जन, फिजियोथेरापिष्ट, रेडियोग्राफी टेक्नोलोजिष्ट, रेडियोथेरापी टेक्निसियन, फार्मेसी सहायक, ल्याब टेक्निसियन, स्टाफ नर्स, बायोमेडिकल टेक्निसियन, प्रशासन सहायकलगायत पदहरूमा विभिन्न संख्यामा पदपूर्ति गर्ने गरी दरखास्त आह्वान गरेको छ ।

इच्छुक र तोकिएको योग्यता पुगेका नेपाली नागरिकले असार ६ गतेसम्म र दोब्बर दस्तुर तिरेर असार १३ गतेसम्म अस्पतालको वेभ साइटमार्फत अनलाइन दरखास्त दिन सक्नेछन् ।

सूचना :-

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

nine − seven =