राष्ट्रिय सभा सदस्यमा शाक्य र महालेखापरीक्षकमा राया नियुक्त
मकालु खबर
२०८१ वैशाख ६ गते
काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले संवैधानिक परिषद्को सिफारिसमा तोयम रायालाई नेपालको संविधानको धारा २४० को उपधारा (२) बमोजिम महालेखापरीक्षकको पदमा नियुक्त गरेका छन् ।
वैशाख ६ गते बिहीबार उनलाई नियुक्त गरिएको हो ।
त्यस्तै राष्ट्रपति पौडेलले संविधानको धारा ८६ को उपधारा (२) को खण्ड (ख) बमोजिम नेपाल सरकारको सिफारिसमा डा.अन्जान शाक्यलाई राष्ट्रिय सभा सदस्यमा मनोनयन गरेका छन् ।
वैशाख ३ गते बिहीबार उनलाई मनोनयन गरिएको हो ।
मकालु खबर
२०८१ वैशाख ६ गते
प्रतिक्रिया
सम्बन्धित