नेपाल र हङकङबीचको खेल वर्षाका कारण रद्ध

काठमाडौं । नेपाल र हङकङबीचको खेल वर्षाका कारण रद्ध भएको छ ।

त्रिकोणात्मक टी–२० आई सिरिज अन्तर्गत आज भएको खेल वर्षा नरोकिएपछि रद्ध गरियो ।

नेपालविरुद्ध घरेलु मैदान मोङ कोकमा टस हारेर पहिला ब्याटिङको निम्तो पाएको हङकङले ८ ओभरमा २ विकेट गुमाउँदै ६५ रन बनाएको स्थितिमा दोस्रो पटक पानी परेपछि खेल रोकिएको थियो ।

त्यसपछि खेल सुरु हुनै सकेन ।

आजको खेल रद्द भएसँगै नेपाल र हङकङले एक-एक अंक बाँढेका छन् । अब नेपालले मंगलबार पपुवा न्युगिनीसँग खेल्नेछ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

fourteen − six =