सुनको मूल्यमा नयाँ कीर्तिमान, पुग्यो १ लाख २६ हजार

काठमाडौं । नेपाली बजारमा आज (आइतबार)पनि सुनको मूल्यले नयाँ रेकर्ड कायम गरेको छ । मंगलबारदेखि रेकर्ड राख्न सुरु गरेको सुनको मूल्यले आइतबार पनि निरन्तरता पाएको हो ।

शुक्रबार प्रतितोला १ लाख २५ हजार रुपैयाँमा कारोबार भएको छापावाला सुन आज १ हजार रुपैयाँले बढेको नेपाल सुनचाँदी व्यवसायी संघले जनाएको छ । आज छापावाला सुन प्रतितोला १ लाख २६ हजार रुपैयाँमा कारोबार भइरहेको छ भने आज तेजाबी सुन तोलामा १ लाख २५ हजार ४ सय रुपैयाँमा कारोबार भइरहेको हो ।

चाँदीको मूल्य ५ रुपैयाँले बढेको छ । यस दिन चाँदी प्रतितोला १ हजार १४ सय ७५ रुपैयाँमा कारोबार भइरहेको छ । आज अन्तर्राष्ट्रिय बजारमा भने सुन प्रतिऔंस २१ सय ७९ अमेरिकी डलरमा कारोबार भइरहेको हो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

13 + 13 =