चेक लिस्टसहित आएका छौँ,कम्प्रोमाइज हुन्न : गृहमन्त्री
२०८० फागुन २५ गते

काठमाडौँ । उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेले महाशिवरात्रि, अन्तर्राष्ट्रिय नारी दिवस र नेपाली सेना दिवसको शुभकामना दिएका छन् ।
उनले सामाजिक संजाल फेसवुक मार्फत् शुभकामना दिँदै आफू केही समय होम वर्कमा रहने बताएका छन् ।
उनले चेक लिस्टसहित आएकाले कम्प्रोमाइज नहुने बताए ।
‘चेक लिस्टसहित आएका छौँ । कम्प्रोमाइज हुन्न । केही समय होम वर्कमा रहनेछौँ ।’ उनले लेखेका छन् ‘जय शम्भो.. जय नेपाली सेना …जय नारी.. शिव रात्री, नेपाली सेना दिवस तथा नारी दिवसको धेरै शुभकामना।’
लामिछानेले दुई दिन अघि मात्रै गृहमन्त्रीको पदभार ग्रहण गरेका थिए ।
उनी प्रचण्ड नेतृत्वको सरकारमा उपप्रधान तथा गृहमन्त्री बनेका छन् ।
२०८० फागुन २५ गते
प्रतिक्रिया
सम्बन्धित








